विप्लवको श्रम उत्सवमा इन्द्रेणीका कलाकार कडेलको साथ:यसरी नाचे विप्लव र कडेल!

डेली न्युजराप्ती       १६ असार २०८० १२:५७ मा प्रकाशित     925 No Comments

बसन्त बिक
कपिलवस्तु / “अब हामी सबै लागौ रोप्न तिर अहिले, धेरै गित गयर यहाँ भुलाउन खोजेको छैन मैले।” यो असार १५ गते कपिलवस्तुमा धान दिवसको उत्सव मनाउदै गर्दा इन्द्रेणी ग्रुपका कलाकार कृष्ण कडेलले गाएको गित हो।धान दिवसलाई नेकपाले श्रमउत्सवका रूपमा कपिलवस्तु सहित देशभर मनाइरहेको छ।श्रमउत्सवलाई साच्चिकै उत्सवको रूपमा मनाउन नेकपाले धान रोप्न हिलो बनाएको खेतमै रास्ट्रीय झण्डा र कम्युनिस्ट पार्टीको झण्डा एकसाथ गाढेर कलाकारलाई आमन्त्रण गरेको थियो।

बिहानै देखि महासचिव विप्लको निवास शिवगढी वरिपरि निकै चहलपहल थियो।बिशेषगरि चर्चित इन्द्रेणी कलाकारहरु रोपाईमा सहभागी हुने कुराले !
इन्द्रेणी कलाकारको टिम भने पुर्वीक्षेत्रतिर गएकाले छत्र शाही सहित केही टिम अगाडि आईपुगे पनि कृष्ण कडेल सहितका कलाकारहरु अलिकति ढिलो मात्र आइपुग्ने सूचना थियो।

धान रोप्न आएका रोपाहाहरु कलाकार कडेलको प्रतीक्षामा थिए।तर उनी ढिलो पुग्ने भएपछि महासचिव विप्लवले श्रम उत्सवको औपचारिक उद्घाटन गरे।धान रोप्नुपर्ने करिव अढाई बिघा जमिन थियो।करिव डेढ बिघा जमिनको रोपाइ भैसकेको थियो।धेरै रोपाहाहरु कडेल नपुग्ने हुन कि भन्ने कुराले दोधारमा थिए।

किन कि अविरल बर्षाले पुर्बदेखी कपिलवस्तुको यात्रामा अबरोध गरिरहेको थियो।त्यसैबेला कलाकार कडेलको टिम पनि बाटोमा आउने हरेक अफ्ठ्याराहरुको सामना गर्दै दिउँसो करिब ३ बजे शिबगढी आइपुग्यो।हातमा पुष्पगुच्छा लिएका महासचिव विप्लव , स्थायी समिती सदस्यहरु सन्तोष सी, उमा सी र सुशील सी लगाएतका नेताकार्यकर्ताहरुले उनलाई स्वागत गरे।स्वागत पछि पाँच मिनेटको भलाकुसारी र आरामसङ्गै कलाकार कडेलले अब धान रोप्ने खेतमै जाउ भने।

महासचिव विप्लवले भने होइन , दही चिउरा र चिया खाएर जाउ! कलाकार कडेलले भने उतै खेतमा खाने हुन्छ, जाउ उतै भनेर महासचिव विप्लवलाई अनुरोध गरे।

विप्लवले उनको कुरामा सहमति जनाउदै जाउ त भने।सबै जना धान रोप्न तयार पारिएको हिलो खेतमा पुगे।

इन्द्रेणी कलाकारका कडेल भने निकै उत्साहित र खुशी मुद्रामा देखिन्थे।कडेलले हिलोमा उभिएर शुरुमै गित गाउदै भने-” कृष्ण कडेल बाउसे भयो , नेत्रबिक्रम हली,यहि कुरा इन्द्रेणीले सन्देश दिन्छ भोलि।”

कडेलले मानो रोपेर मुरी फलाउने दिनमा बुद्दको जन्मस्थल कपिलवस्तु आएको चर्चा गर्दै विप्लवले अगाडी बढाएको उत्पादनको सकारात्मक कामलाई सबैले सहयोग गर्नुपर्ने धारणा राखे।कडेलले गितबाटै भने -” धेरै छन यहाँ रोपाहा- बाउसेहरु, अब हामी रोप्छौ यहाँ तरिका मिलाई मिलाई।”- ” हाम्रो खेतीले यहाँ हामीलाई खान पुग्नुपर्छ, मेचिमा चोट लागेपछि महाकाली दुख्नुपर्छ।”-” हरेक नेपाली लडाइ , झगडा र अस्थिरता तिर होइन,कोहि पराई र आफुसङ्ग होइन, अब श्रमसङ्ग लड्नुपर्छ।”

यो गित गाउदै गर्दा महासचिव विप्लव र कलाकार कडेलले श्रमसङ्ग लड्ने ऐक्यबद्धता जाहेर गर्दै दरिला पाखुराहरु जोडेका थिए।सहभागी रोपाहाहरु भने खुशिले गदगद हुँदै तालिले समर्थन दिइरहेका थिए।त्यतिबेला त्यो धान रोप्ने स्थान जस्तो थिएन, जहाँ कुनै मेला महोत्सव लागिरहेको जस्तो दृश्य देखिन्थ्यो ।

महासचिव विप्लव भने इन्द्रेणीका कलाकारहरुका गितसङ्गै नाचिरहेका देखिन्थ्य। सबै रोपाहाहरु पनि नाचिरहेका थिए।कलाकार कडेल भने बीच बीचमा उध्घोषण गर्दै कतिबेला गाईरहेका हुन्थे, कतिबेला धान रोपिरहेका त कतिबेला सबैलाई हसाउन ब्यस्त देखिन्थ्य।

कलाकार कडेलले भने -” एकातिर केहि नेता सुकिला मुकिलाको रूपमा अँखाको लागि, जिव्रोको लागि , सयलका लागि इतिहास रचेका नेताहरू जेलमा छन, हामी एउटा नेतालाई छि छि भनिरहेका छौं, यो बेला हामी कमजोर हुन्छौं ।”कलाकार कडेलले जोड दिदै यस्तोबेला बिप्लवले उत्पादनको सकारात्मक काम गर्नु देशको लागि निकै अनुकरणीय बिषय भएको बताए।उनले बिप्लबलाई सुझाव दिदै भने- “हामी सबै राम्रो हुनका लागि काम राम्रो हुनुपर्छ , उत्पादन राम्रो हुनुपर्छ , दलालीसङ्ग टाढा रहनुपर्छ , त्यस्तो काममा फस्नु हुँदैन ।”

उनले विप्लवलाई भने – तपाइको कुरा आधा त मैले नै भने नि! विप्लवले कडेलको कुरालाई स्विकार्दै दुई पटक निश्चय नै! निश्चय नै !भन्दै हात मिलाएर खुशी प्रकट गरे ।कलाकार कडेलले पार्टी, नेता जोसुकै भएपनी नेतृत्वको सकारात्मक काम र बिचारलाई साथ दिनुपर्ने बताए।उनले विप्लवलाई ठठ्यौली पाराले भने विप्लवका कार्यकर्ताले जग्गा झ्यापझुप पार्छन नि! विप्लवले जवाफ दिए- “होइन , होइन , परिश्रम गर्नेलाई झ्यापझुप गर्नु पर्दैन नि! हाम्रो आफ्नै तीन सय रोपनी जमिन छ।”

कलाकार कडेलले – जमिन होइन भने खेती झ्यापझ्हुप गर्ने हो? भनेर प्रश्न गरे-त्यसलाई महासचिव विप्लवले हो खेती त झ्याप झुप नै गर्ने हो, भनेर जवाफ दिए।

यो निकै रमाइलो क्षण थियो।इतिहासमा नयाँ काम हुँदैथियो।त्यसैक्रममा कलाकार कडेलले नेपालको जमिन कसैले पनि बाझो राख्न नहुने र घर वरिपरि सिस्नु उम्रनु नहुने सन्देश दिए।
महासचिव विप्लव, कलाकार कडेल सहित रोपाइमा सहभागीहरु व्यस्त देखिन्थे ।महासचिव विप्लवले अब इन्द्रेणीले एउटा देउडा सुनाउनु पर्‍यो भन्दै आग्रह गरे।इन्द्रेणीका कलाकारहरु छ्त्र शाही र कृष्णा बज्गाईले खुशी हुँदै यसरी गाए डेउडा गित;
असार पन्ध्र रोपाई गर्न यहि ठाउँ आएका छौं ।
कपिलवस्तु विप्लव सी लाई भेट्न पाएका छौं ।

छमक- छमक, नाच छमक
रात परि गै झमक्क! भन्ने गित लय हालेर शुरुमा कलाकार शाहीले गाए।

त्यसपछि कलाकार कृष्णाले लय हाल्दै यस्तो गित गाईन- “धान रोपेर जिउनु पर्छ कृषिको पेशामा ,सबै हामी एकजुट बनौं फाईदा छ यसैमा।”

छमक, छमक , नाछ छमक, रात पढी गै झमक!

इन्द्रेणी कलाकारहरुका गितहरुमा महासचिव विप्लवले धान रोप्दै तालमा ताल मिलाइरहेका थिए।यस्तै रोपाहाहरु पनि छमछमी नाच्दै थिए।

कलाकार कडेललाई खेतमै खाउला भनेको दही चिउरा र चियाको पनि प्रबाह थिएन।कलाकारहरुको टिमले मनोरञ्जन दिइरहेको थियो।असारे झरी भने अविरल झरिरहेको थियो।पत्रकार , कलाकारहरुका क्यामेराहरु झरीबाट जोगाउन धान रोप्ने खेतमै छाता ओढाएर दृष्यहरु खिचिरहेकारहेका थिए।
यो निकै रोचक र उत्साहपुर्ण देखिन्थ्यो, मानौं नेपालमा साच्चिकै समाजवादी उत्पादन प्रणालीको अभ्यास भैरहेको छ।

निकै दुखका साथ कपिलवस्तु पुगेका कडेलले विप्लवले गर्ने उत्पादनले बिदेशी आयातीत उत्पादनलाई निरुत्साहित गर्ने गरि योजना बनाउन सुझाव दिए।उनले गितबाटै भने-“सुन्नुहोस अब कान खोलेर नेत्रबिक्रम चन्द, बिदेशबाट आउने खाद्यबस्तु हुनुपर्छ बन्द ।” गितको भावले भन्दै थियो नेपालमा स्वदेशी उत्पादनले आत्मनिर्भर हुनुपर्छ र बिदेशी आयात नेकपाले गरेको उत्पादनले बिस्थापित हुनुपर्छ ।

विप्लवले आफ्नो पार्टीले कुनैपनि हालतमा बिदेशी बिषादीयुक्त तरकारी नेपालमा प्रयोग गर्न दिनु हुँदैन भनेर नै आत्मनिर्भर उत्पादनमा लागेको र यो अभियान जनतासम्म लैजाने बताए।उनले आफ्नो उत्पादन अभियानलाई सरकारले साथ दिए आउने हिउँदसम्म ५ सय बिघा र अर्को बर्षसम्म हजार बिघा जमिनमा उत्पादन गर्ने प्रतिबद्धता व्यक्त गरे।

धान रोपाईको अन्तिम अन्तिम चरणमा रोपाइमा सहभागीहरु हिलो खेल्दै , पानीमा भिज्दै एक आपसमा रमाइलो गर्दै थिए।इन्द्रेणी कलाकाको टिम र कडेल पनि हिलो र पानी सङ्ग रमाउदै थिए।

महासचिव विप्लवले आजलाई यति नै भो ,समय पनि गैसक्यो कृष्ण जी! भनेपछि सबै कलाकार , नेता कार्यकर्ता, पत्रकार र रोपाहहरु रोपाइबाट विप्लव निवास शिवगढी तर्फ्फ फर्के।विप्लव निवासमा असारको १५ का लागि दहि र चिउरा तयार थियो।कलाकार कृष्ण कडेल सहित इन्द्रेणी टिमले दही ,चिउरा खादै असार १५ लाई बिदाई गरे।

बिहानै देखि साझसम्म पानी र हिलोमा निथ्रुक्कै भिजेका महासचिव विप्लवमा कुनै थकान थिएन।खेतमै पनि कलाकारको दोहोरीमा ताल मिलाउदै गर्दा समेत कुनै थकावट नरहेको उनको अनुहारबाट झल्किन्थ्यो।

एउटा राजनीतिक पार्टीको प्रमुख नेता यसरी दिनहु श्रमसङ्ग जोडिने कार्य एउटा महत्त्वपूर्ण सन्देश त हुँदै हो, अन्य दलका नेता, नीतिनिर्माता र राजनीतिज्ञका लागि शिक्षा र प्रेरणा भएको सहभागीहरुले प्रतिक्रिया दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार