जेनजी युवासँग विप्लव माओवादीका उम्मेदवार बलबहादुर ओली (शीतल)को संवाद

डेली न्युजराप्ती       १७ फाल्गुन २०८२ १९:४० मा प्रकाशित     111 No Comments

दाङ — “युथ एक्ट फर चेन्ज” उम्मेदवारसँग संवाद कार्यक्रम अन्तर्गत दाङ–३ प्रतिनिधि सभा सदस्यका उम्मेदवार बलबहादुर ओली (शीतल) ले जेन–जी पुस्तासँग समाजवाद, राष्ट्रिय स्वाधीनता र आत्मनिर्भर अर्थतन्त्र निर्माणका विषयमा केन्द्रित अन्तरसंवाद गर्नुभएको छ।
कार्यक्रममा शीतलले वर्तमान पुस्ताले भोगिरहेका बेरोजगारी, वैदेशिक पलायन, उत्पादनहीन अर्थतन्त्र र राजनीतिक अस्थिरताका समस्याहरूको समाधान समाजवादी नीतिबाट मात्र सम्भव हुने धारणा राख्नुभयो। उहाँले राष्ट्रिय स्वाधीनता सुदृढ गर्दै देशभित्रै उत्पादन, रोजगारी र उद्यमको वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो।

“अबको पुस्ताले आत्मनिर्भर नेपाल निर्माणको नेतृत्व गर्नुपर्छ,” भन्दै शीतलले कृषि, उद्योग र प्रविधिलाई जोडेर स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले राज्यका नीतिहरू युवा–मैत्री र उत्पादनमुखी बनाउन आफू प्रतिबद्ध रहेको बताउनुभयो।

अन्तरसंवादका क्रममा जेन–जी युवाहरूले शिक्षाको व्यवहारिकता, स्टार्टअप प्रवर्द्धन, डिजिटल अर्थतन्त्र र सुशासनका विषयमा जिज्ञासा राखेका थिए। जवाफमा शीतलले पारदर्शी शासन, भ्रष्टाचार नियन्त्रण र समान अवसरको सुनिश्चिततामार्फत समतामूलक समाज निर्माण गर्ने लक्ष्य स्पष्ट पार्नुभयो।
कार्यक्रममा सहभागी युवाहरूले वैचारिक स्पष्टता र खुला संवादप्रति सकारात्मक प्रतिक्रिया दिँदै परिवर्तनका पक्षमा उभिने प्रतिबद्धता जनाएका थिए। आयोजकका अनुसार “युथ एक्ट फर चेन्ज” अभियानले युवालाई प्रत्यक्ष नीति बहसमा सहभागी गराउँदै जिम्मेवार राजनीतिक संस्कार विकास गर्ने लक्ष्य लिएको छ।

पहिलोपटक निर्वाचनमा सहभागी भएको दल नेकपा (माओवादी)प्रति जनताको विश्वास बढ्दै गएको छ ।
उक्त दलको चुनाव चिन्ह गोलाकार घेराभित्र रहेको गुलाफको फूल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार