अपराधिक समुहद्वारा नेकपाका कार्यकर्तामाथी आक्रमण,युवा संगठन नेपालले दियो कडा चेतावनी

डेली न्युजराप्ती       २० आश्विन २०७८ १७:३३ मा प्रकाशित     2170 1 Comment

इटको जवाफ पत्थरले दिने संगठनको चेतावनी
न्यूजराप्ती,दाङ। नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल दाङ जिल्ला समितीका कोषाध्यक्ष कमरेड दिपेन्द्र वली,जिल्ला सदस्य खगेन्द्र राणा र बिष्णु डागी ,ठाकुर प्रसाद डागी र अमृत बस्नेत माथी गएराती बेलुका ९:३० बजेतिर भएको गम्भीर कुटपिटको घटनाले संगठनको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ।

युवा संगठन नेपाल दाङ जिल्ला अध्यक्ष तुल्सी चौधरीद्वारा हस्ताक्षरित बिज्ञप्तिमा बिनाकारण संगठनका जिम्मेवार कमरेडहरुलाइ ज्यानै लिने सम्मको हर्कत गर्ने जो कोहिलाइ पनि कानुनको दायरामा ल्याइ हदैसम्मको कारवाही गर्न समबन्धित निकायलाइ आग्रह गरिएको छ।

यस्तै बिज्ञप्तिमा जाड रक्सिको आवरणमा यसरी मानिसको ज्यानै लिने सम्मको कार्य जति भर्त्सना गरेपनी कम हुने,नागरिकको सुरक्षाप्रती गम्भीर प्रश्न उठ्दा समेत राज्य मौन हुनु लज्जास्पद कुरा भएको उल्लेख गरिएको छ।
बिज्ञप्तिमा अपराधिक गिरोहलाइ तत्काल कडा भन्दा कडा कारवाही गरि सार्वजनिक गर्न प्रशासन समक्ष अनुरोध गरिएको छ अन्यथा इटको जवाफ पत्थरले दिन संगठन बाध्य हुने चेतावनी समेत दिइएको छ। नेता-कार्यकर्तामाथी २०७८/०६/१९ गते बेलुका ९:३० बजेतिर अपराधिक समूह बुद्ध केसि,बादल केसि,नितेश केसि लगाएतले व्यवसायिक काम सकेर घर फर्किदै गर्दा आक्रमण गरेको युवा संगठन नेपालले जनाएको छ।
बिज्ञप्तिको पुर्णपाठ:-

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार