कालिकोटमा विशाल जनसभा हुँदै , नेकपाका प्रवक्ता प्रकाण्ड सीले सम्बोधन गर्ने

डेली न्युजराप्ती       २ मंसिर २०८० ११:०९ मा प्रकाशित     111 No Comments

कालिकोट । नेकपाले जिल्लाको सदरमुकाम मान्ममा मङ्सिर ६ गते विशाल जनसभाको आयोजना गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी कालिकोट र मध्यकर्णाली ब्यूरोले आयोजना गरेको विशाल जनसभालाई नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले सम्वोधन गर्नेछन ।

गृह जिल्लामा प्रवक्ता प्रकाण्ड पुग्ने कुराले जिल्लामा उत्साह देखिएको छ । प्रवक्ता प्रकाण्डले जनसभालाई सम्वोधनसंगै सहिद परिवार,घाईते तथा बेपत्ता परिवार,जनता लगायतसंग भेटघाट समेत गर्नेछन । जिल्लामा रहदा राजनीति भेटघाट पनि गर्नेछन ।

नेकपाले मङ्सिर ८ गतेको पार्टी पूनर्गठन दिवसको पूर्वसन्ध्यामा जिल्लामा जनसभा गर्न लागेको हो । नेकपा मध्यकर्णाली ब्यूरो इन्चार्ज विवेक सीका अनुसार पार्टी पूनर्गठन दिवसका अवसरमा मङ्सिर १ र २ गते प्रचार प्रसार वालिङ्ग, मङ्सिर ३ र ४ गते बाटो, कुलो,स्कुल आदि सरसफाई, मङ्सिर ५ गते जनसभाको अन्तीम तयारी र मङ्सिर ६ गते जनसभा गरिनेछ ।

यस्तै नेकपाले पार्टी पूनर्गठन दिवसका अवसरमा मङ्सिर ७ गतेको दिनमा खेलकुद प्रतियोगीता गर्ने, बेलुका दिपावली गर्ने र मङ्सिर ८ गते मनोरञ्जन सहित नाचगान तथा खानपीन गरी पार्टी पूनर्गठन दिवस मनाउने तयारी गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार