मंसिर १७ ,दाङ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवलाई मातृ शोक परेको छ। महासचिव विप्लवकी आमा आशिकादेवी चन्दको ९६ बर्ष उमेरमा शनिबार कपिलवस्तुको शिवगढीस्थित आफ्नै निवासमा निधन भएको हो । केही हप्ता अगाडी घरमा लडेर टाउकोमा चोट लागेपछि उहाँलाई बुटवलस्थित चौराह अस्पताल भर्ना गरिएको थियो । उहाँको उपचार गरेर घर आरामका लागी लगिएको थियो । घरमै औषधी सेवन गरी आराम गरिरहनु भएकी आशिकादेवी चन्दको शनिबार कपिलवस्तुको शिवगढीस्थित आफ्नै निवासमा निधन भएको डा.प्रकाश चन्दले जानकारी दिए ।टाउको गम्भीर चोट लागेर रगत जमेपछि बयोबृद्ध उमेरका कारण अप्रेसन गर्न नमिलेपछि घरमा लगिएको थियो । उहाँको परिवार, आफन्तजन र पार्टीको सल्लाहमा उहाँको अन्येष्टि गरिने नेकपा केन्द्रीय सदस्य एवं कपिलवस्तु जिल्ला इन्चार्ज जुझारुले बताए । आमा आशिकादेवीको ३ छोराहरु विप्लव सी, वीरजंग सी र जयन्द्र सी हुन् । जेठो छोरा वीरजंगको गतबर्ष निधन भइसकेको छ । आमा आशिकादेवीको निधनपश्चात सामाजिक सञ्जालमा उहाँप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ भने महासचिव विप्लवलगायत परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ । आदरणीय आमा आशिकादेवी चन्दप्रति सहिद महान स्मृति संचार गृह प्रालीद्वारा संचालित डेलिन्युजराप्ती अनलाइन परिवार हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै महासचिव विप्लवलगायत शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.