नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघ दाङका नवनिर्वाचित पदाधिकारीले लिए सपथ

डेली न्युजराप्ती       १४ भाद्र २०८३ २०:५७ मा प्रकाशित     103 No Comments

तुलसीपुर । नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघ लुम्बिनी प्रदेश कार्यसमितिको प्रदेशस्तरीय बैठक तथा कार्यक्रमका अवसरमा दाङ जिल्ला कार्यसमितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले सपथ ग्रहण गरेका छन् ।
नवनिर्वाचित जिल्ला कार्यसमितिलाई नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय महासचिव रुपलाल परियारले पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभएको हो ।
सपथ ग्रहण गर्ने कार्यसमितिमा अध्यक्ष सुरेन्द्र परियार, वरिष्ठ उपाध्यक्ष इमा बुढा, उपाध्यक्ष शारदा शर्मा, सचिव हेमराज परियार, सह–सचिव पोषण रणपाल र कोषाध्यक्ष दिलबहादुर परियार रहनुभएको छ । यस्तै, अन्य निर्वाचित सदस्यहरूले समेत सपथ ग्रहण गरेका छन् ।
कार्यक्रममा व्यवसायीहरूको हकहित संरक्षण, कपडा तथा सिलाई व्यवसायको प्रवर्द्धन, व्यवसायीबीचको एकता तथा संगठनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको जनाइएको छ ।
नवनिर्वाचित कार्यसमितिले जिल्लामा रहेका कपडा तथा सिलाई व्यवसायीका समस्या पहिचान गरी समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने तथा व्यवसायको व्यावसायिक विकास र विस्तारमा भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार