विप्लव नेकपामा प्रवेशको लहर चल्यो,एकैदिन ३ दर्जन बढीले गरे नेकपा प्रबेश

डेली न्युजराप्ती       ७ श्रावण २०७९ २१:४३ मा प्रकाशित     543 No Comments


श्रावण ७ /२०७९ काठमाडौं । नेकपा एमाले लगाएत अन्य विभिन्न पार्टीहरू छोडेर ३ दर्जन बढीले नेकपामा प्रवेश गरेका छन् ।
नेकपा को भातृ संगठन जनगर्णतान्त्रीक सम्पर्क मञ्च केन्द्रिय समितिद्वारा शनिबार भक्तपुरको लोकन थैलीमा आयोजित ध्रुविकरण कार्यक्रममा उनीहरुले प्रवेश गरेका हुन् ।

जनगणतान्त्रीक सम्पर्क मञ्चका केन्द्रिय अध्यक्ष रत्न मगरको अध्यक्षता भएको ध्रुवीकरण कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि भरत बम (रणवीर) ले क्रान्ति र कम्युनिष्ट को विश्वासिलो केन्द्र भनेको नेकपा मात्रै रहेको बताए । उनले भने “अहिलेको संसदीय सत्तालाई पल्टाउन सम्पूर्ण परिबर्तनकामी युवाहरूको मुख्य भूमिका हुने छ , समाजवादी क्रान्तिको मोर्चामा एकत्रित भई वैज्ञानिक समाजवाद स्थापनाको लागि लड्न चाहने युवा हरु नेकपामा ध्रुवीकृत भइरहेको उनले बताए । उनले थपे “नेपालमा समाजबादी क्रान्ति ,बास्तविक जनताले खोजेको परिबर्तन र त्यसको एजेण्डाहरुलाइ अगाडि बढाउन साथै साच्चिकै जनताले चाहेको श्रमिक वर्गको व्यवस्था स्थापना गर्ने पार्टी भनेको नेकपा रहेको उनको भनाई थियो । देशको स्वाधीनता र सार्वभौमिकताको रक्षा गर्ने जिम्मा काधमा बोकेर आउने नवआगन्तुक हरुलाइ बमले स्वागत तथा शुभकामना पनि दिएका थिए ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्यहरु चिरन पुन ( मिलन) र आधार लगाएतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार