कांग्रेसबाट तुलसीपुरको मेयरमा गेहेन्द्र गिरी

डेली न्युजराप्ती       १० बैशाख २०७९ २०:१० मा प्रकाशित     241 No Comments


तुलसीपुर,१० बैशाख । दाङमा गठबन्धनबाट तुलसीपुर उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट गेहेन्द्र गिरीले टिकट पाउनु भएको छ।
गठबन्धनमा भएको सहमतिअनुसार नेपाली कांग्रेसले पूर्व सांसद गेहेन्द्र गिरीलाई मेयरको उम्मेदवार बनाएको हो ।

यस अघि २०७४ सालको स्थानीय तहको निर्वाचनमा कांग्रेसबाट मेयरमा उठ्नु भएका गिरी, मेयर घनश्याम पाण्डेसंग ४६ सय बढी मतको अन्तरले पराजीत हुनुभएको थियो ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशले समितिले गिरीलाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो । गिरीले टिकट पाए लगत्तै पार्टी कार्यकर्ताले बधाई तथा जीतकाे अग्रिम शुभकामना दिएका छन् । उपमेयरमा भने नेकपा एकीकृत समाजवादीलाई भाग परेको छ । समाजवादीले उपमेयरमा जोगबहादुर रानालाई टिकट दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार