नेकपा (माओवादी)ले तुलसीपुरका अगुवा कार्यकर्तासँग निर्वाचनको तयारीबारे गर्‍यो छलफल

डेली न्युजराप्ती       १३ माघ २०८२ २०:१९ मा प्रकाशित     84 No Comments

हेमन्तप्रकाश वली ।
माघ १२,तुलसीपुर । नेकपा (माओवादी)ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे तुलसीपुरका अगुवा कार्यकर्तासँग छलफल कार्यक्रम सम्पन्न गरेको छ।
सोमबार पार्टीको तर्फबाट दाङ-३ का प्रत्यक्ष उम्मेदवार बलबहादुर वली (शितल) , समानुपातिक उम्मेदवार कान्छी चौधरी (जिवनी) लगाएत पार्टीका केन्द्रीय सदस्यहरुले अगुवा नेताकार्यकर्तासँग चुनावको तयारीका बारेमा छलफल गरेका हुन् ।

निर्वाचनको तयारीको सन्दर्भमा निर्वाचन मुल परिचालन समितिका संयोजक प्रदिप बहादुर वलीले नेताकार्यकर्तालाई निर्देशनात्मक मन्तव्य व्यक्त गरेका थिए ।

उनले माओवादीप्रति जनताको विश्वास अगाध रहेको र पार्टी पहिलोपटक निर्वाचनमा होमिएकाले चुनावको तयारीलाई तिब्र बनाएर लैजानुपर्ने बताए ।

कार्यक्रममा पार्टीको तर्फबाट समानुपातिक उम्मेदवार कान्छी चौधरी (जिवनी)ले थारु समुदायको मुद्दाहरु केन्द्रमा स्थापित गर्न आँफुले पहल गर्ने बताइन् ।

यस्तै कार्यक्रममा दाङ-३ का प्रत्यक्ष उम्मेदवार बलबहादुर वली (शितल)ले यो निर्वाचन पार्टीको लागि महत्वपूर्ण मोर्चा भएको बताए ।

उनले भने– ‘देश रहन्छ कि रहँदैन भन्ने स्थिति विकसित हुँदै गएको छ । एकदिन यो स्थितिको सामना नेपाली जनताले गर्नुपर्ने छ भनेर दशकौंदेखि भन्दै आएका थियौं। देशमा गणतन्त्रलाई दलाल पुजीवादले हरण गरेपछि जनता र मुलुकको यो स्थिति भएको हो । यो चुनाव मात्रै होइन् , राष्ट्रको अस्तित्व जोगाउने अभियान हो जसको नेतृत्व अब हाम्रो पार्टीले गर्नुपर्ने छ ।’

उम्मेदवार वलीले राष्ट्रिय स्वाधीनता , नयाँ आर्थिक प्रणाली र समाजवादको विषय लिएर जनतामा चुनावी अभियानलाई व्यापकतामा लिएर जानुपर्ने बताए ।

उम्मेदवार वलीले पार्टी पहिलोपटक निर्वाचनमा जाने भएको र जनताले वास्तविक राजनीतिक मुद्दा , एजेन्डा बोकेका वैकल्पिक शक्ति खोजेकाले माओवादीले निर्वाचन जित्ने बिश्वास व्यक्त गरेका थिए ।

दाङ-३ का प्रत्यक्ष उम्मेदवार बलबहादुर वली (शितल)को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य लोकबहादुर वली (विकाश) , तिलक योगी , केन्द्रीय प्रतिनिधि सदस्य रै बहादुर बस्नेत (धर्ती) , केन्द्रीय प्रतिनिधि सदस्य बिजय कुमार मल्ल लगाएतको आतिथ्यता थियो ।

कार्यक्रमको सहजीकरण पार्टीका तुलसीपुर उपमहानगर कमिटीका सचिव रुद्र बहादुर वलीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार