नेपाल कम्युनिस्ट पार्टी दाङको आयोजनामा प्रगतिशील विवाह कार्यक्रम सम्पन्न

डेली न्युजराप्ती       ३ भाद्र २०७८ १७:५० मा प्रकाशित     762 No Comments


हेमन्त वली,दाङ।
नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला अन्तर्गत तुलसीपुर उपमहानगर कमिटीको आयोजनामा हर्क वहादुर वली र सीता सुनारबिच प्रगतिशील विवाह सम्पन्न भएको छ।

तुलसीपुर उपमहानगरपालिका वडा नं.१९ संक्राम निकासी हर्क वहादुर वली र तुलसीपुर उपमहानगरपालिका १९ कुइरेताल निवासी सीता सुनारले भाद्र २ गते प्रगतिशील विवाह गरेका हुन।

प्रगतिशील विवाह कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल कम्युनिस्ट पार्टीका बिशेष कमिटि सेक्रेटरी सुन्दरले पुरानो अवैज्ञानिक संस्कृतिलाई निस्तेज गर्नुपर्ने धारणा राखे।नेता सुन्दरले प्रगतिशील विवाह कार्यक्रम मार्फत क्रान्तिकारी संस्कृति निर्माण गर्न पहलकदमि लिने दुबै नवविवाहित जोडिलाइ बधाइ दिए।

दुलाहाका माइला बुवा धनजित वलीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा तुलसीपुर उपमहानगर कमिटी इन्चार्ज बिकाश,युवा संगठन नेपाल दाङ जिल्ला अध्यक्ष तुल्सी,तुलसिपुर उपमहानगर वडा नं.१८/१९ का इन्चार्ज मदन,नेकपा(माओवादी केन्द्र)का प्रतिनिधि मान वहादुर वली,नेकपा शिक्षक कर्मचारी बिशेष कमिटी सदस्य द्वय बिभिसन रोका र नर बहादुर रोकाको आतिथ्य रहेको थियो।
आतिथ्य ग्रहण गरेका सबै अतिथिले नवविवाहित जोडिलाई बधाइ दिएका थिए।
कार्यक्रमको सन्चालन अखिल नेपाल महिला संघ क्रान्तिकारी दाङ जिल्ला संयोजक रेखा रोकाले गर्नु भएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार