फागुन २४,तुलसीपुर ।
‘जनयुद्धमा महिलाहरुको भूमिका विषयक’ वक्तित्वकला प्रतियोगितामा साधना सी प्रथम स्थान हाँसिल गर्न सफल भएकी छन् ।
शनिबार दाङको तुलसीपुरमा आयोजित वक्तित्वकला प्रतियोगितामा घोराहीबाट प्रतिनिधित्व गरेकी महिला नेतृ साधना सीले प्रथम स्थान हाँसिल गरेकी हुन् ।
प्रतियोगितामा तुलसीपुरबाट प्रतिनिधित्व गरेकि सिर्जना सीले द्वितीय र तुलसीपुरबाटै प्रतिनिधित्व गरेकी अरुणा सीले तृतीय स्थान हाँसिल गरेकी हुन् ।
११५औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा विप्लव नेतृत्वको नेकपा निकट महिला संघ अनेमसंघ क्रान्तिकारी दाङले उक्त प्रतियोगिता आयोजना गरेको थियो ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सीले अन्तर्राष्ट्रिय महिला दिवसलाई संघर्ष र अधिकारका लड्नुपर्ने दिवसका रुपमा मनाउनुपर्ने बताए ।
उनले भने– ‘ दास युगदेखि करिव ८ हजार वर्षदेखि महिलाहरुमाथी विभेद , हिंसा भइरहेका छन् । संसारभरी विभेद र हिंसाका विरुद्ध संघर्षहरु चलिरहेका छन् । महिलाहरुले समान कामको समान ज्यालाका लागि लडिरहेका छन् । जनयुद्धमा नेपालका श्रमिक महिलाहरुले ठूलो योगदान गरेका हुन् । महिला मुक्तीको प्रश्न हल गर्न अब नेपालमा समाजवादी राज्यसत्ताको लागि लड्नुपर्ने आवश्यकता बोध भएको छ । महिलामाथी अहिलेपनि हिंसाका जघन्य रुपहरु देखापरेका छन् । त्यसकारण महिलाहरु शसक्त बन्दै सम्पतीमाथिको अधिकारलाई बलियो बनाउदै समाजवादी व्यवस्थाको लडाई लड्न फेरि तयार हुनुपर्दछ।’
नेता सविनले सम्पुर्ण अवसर प्राप्त गर्न र समानता कायम गर्न मुक्तिकामी महिलाहरु समाजवाद प्राप्तिको आन्दोलनमा सरिक हुन आग्रह समेत गरेका थिए ।
अनेमसंघ क्रान्तिकारीका केन्द्रीय सदस्य अशोका सीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य प्रदिप सी , विकाश सी , तिलक सी , जिवनी सी , पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य भुवन सी , अखिल (समाजवादी)का केन्द्रीय सदस्य नवीन सी लगाएतको आतिथ्यता रहेको थियो ।
कार्यक्रमको सहजीकरण एवम अध्यक्षता संघकि जिल्ला संयोजक रेखा सीले गरेकी थिइन् ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.