दाङमा माओवादी केन्द्रका क्षेत्रीय संयोजक सहित ५० नेता-कार्यकर्ता नेकपामा समाहित

डेली न्युजराप्ती       ३१ जेष्ठ २०७९ १५:१७ मा प्रकाशित     2070 No Comments

माओवादी केन्द्रको संसदीय तथा दलाल नोकरशाही प्रवृत्तिका विरुद्ध बिद्रोह गरेको उद्घोष

जेठ ३१,दाङ। दाङमा नेकपा(माओवादी केन्द्र) का निर्वाचन क्षेत्रीय संयोजक सहित ५० जना नेता-कार्यकर्ताहरुले पार्टी परित्याग गरी विप्लव नेतृत्वको नेकपामा प्रवेश गरेका छन।

माओवादी केन्द्रका नेता-कार्यकर्ताहरुले पार्टी प्रवेशको संयुक्त बिज्ञप्ति जारी गर्दै आफुहरुले माओवादी केन्द्र परित्याग गरि नेपाल कम्युनिस्ट पार्टीमा समाहित भएको जानकारी दिएका छन।
नेकपाका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज शितलसंगको छलफल पछि नेकपा(माओवादी केन्द्र)को विभिन्न जिम्मेवारी सम्हाल्दै हाल दाङ जिल्ला समन्वय समितिको सदस्य तथा ३ नं.क्षेत्र पार्टी संयोजक गोपाल भण्डारी(क.सुधार) लगाएत कृष्ण रोका,क्षेत्र बहादुर वलीको नेतृत्वमा ५० जना कमरेडहरु नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन।

पार्टी परित्यागको संयुक्त बिज्ञप्तिमा भनिएको छ– ‘बिगतदेखी नै पार्टीमा मौलाउदै गरेको संसदीय तथा दलाल नोकरशाही प्रवृति विरुद्धमा अनेकन संघर्ष गर्दापनी पार्टीलाई सहि लाइन दिन नसकेको र उल्टै क्रान्तिकारी कार्यकर्तालाई दिग्भ्रमित गर्ने र निरुत्साहित गर्ने कार्य निरन्तर चलिरहेकाले आजका मितिदेखी उक्त पार्टी परित्याग गरि क्रान्तिकारी आन्दोलनको मुलधार नेपाल कम्युनिस्ट पार्टीमा समाहित हुने निर्णय गरेका छौं।’

साथै बिज्ञप्तिमा नेकपा(माओवादी केन्द्र)भित्र रहेका सम्पुर्ण क्रान्तिकारी नेता तथा कार्यकर्ताहरुलाइ समयमै सचेत रहि नेपाल कम्युनिस्ट पार्टीले सन्चालन गरेको एकीकृत जनक्रान्तिको कार्यदिशामा समाहित हुदै वैज्ञानिक समाजवाद स्थापनाका लागि नेपाल कम्युनिस्ट पार्टीमा गोलबन्द हुन आह्वान समेत गरिएको छ।

प्रेस बिज्ञप्तिको पूरा पाठ:

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार