रामप्रसाद सुवेदी। दाङको बबई गाउँपालिका प्रमुखको कार्यकक्षमा आगलागी भएको छ। सोमबार बेलुकी ७:१५ बजेको समयमा विद्युतको तार सर्ट भएर आगलागी भएको ईलाका प्रहरी कार्यालय हापुरेका प्रमुख प्रहरी नायव निरिक्षक भिम बहादुर सुनारले जानकारी दिएका छन ।
आगलागीबाट बाट गाउँपालिका प्रमुखको कार्यकक्षमा रहेका २ वटा सोफासेट, टेवुल र झ्यालका सिसाहरु जलेर पुर्ण रुपमा क्षेति भएको प्रहरीले बताएको छ। सुरक्षागार्डले झ्यालबाट आगोको धुवा देखेपछि प्रमुख प्रशासकीय अधिकृतलाई खबर गरे लगत्तै उनले प्रहरीलाई खबर गरेको बताईएको छ ।
आगलागी भएको केही समयमै प्रहरी, स्थानिय र कर्मचारीको सकृयतामा आगो नियन्त्रणमा आएको छ। समयमै जानकारी पाउँदा समयमै आगो नियन्त्रण आएको हुदा ठुलो क्षेति हुनवाट बचेको प्रहरीको भनाई छ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.