निर्वाचन परिणामपछि भावनात्मक उथलपुथल स्वाभाविक: महासचिव विप्लव

डेली न्युजराप्ती       २७ चैत्र २०८२ १८:३१ मा प्रकाशित     68 No Comments


दाङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का महासचिव विप्लव सी ले निर्वाचन परिणामपछि देखिएको जनभावनालाई स्वाभाविक राजनीतिक प्रक्रिया भएको बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले केही मानिसहरू विजयी भावनामा “उन्मत्त” देखिएको र केही “विक्षिप्त” जस्ता निराशामा डुबेको उल्लेख गरेका छन्।

उनले यस्तो अवस्थालाई राजनीतिक तथा वर्ग संघर्षको एउटा चरणका रूपमा व्याख्या गर्दै लक्ष्य प्राप्तिका लागि अनेकौं संघर्ष, मोर्चा र चुनौतीहरू पार गर्नुपर्ने बताएका छन्।
“वर्ग संघर्ष, राजनीतिक संघर्ष र नयाँ सभ्यता निर्माणको यात्रामा यस्ता सयौं झडप र हण्डर बेहोर्नु अनिवार्य हुन्छ,” उनले उल्लेख गरेका छन्।

महासचिव विप्लवले आफूहरू महान साम्यवादी लक्ष्य र आदर्शप्रति प्रतिबद्ध रहेको जनाउँदै आगामी यात्रा कठिन र आँधीबेहरीले भरिएको हुने पनि स्पष्ट पारेका छन्।

तथापि, उनले क्रान्तिको गति नरोकिने दाबी गर्दै “नदीको उर्लिदो वेगजस्तै क्रान्ति अघि बढिरहनेछ” भन्ने विश्वास व्यक्त गरेका छन्।
उनको उक्त अभिव्यक्ति यतिबेला सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चामा रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार