राजतन्त्र फर्काउने कार्यक्रमले प्रतिक्रान्तिको प्रतिनिधित्व गर्छः भरत सी

डेली न्युजराप्ती       ८ मंसिर २०८० २१:३३ मा प्रकाशित     93 No Comments

कैलाली । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले राजतन्त्र फर्काउने कार्यक्रमले प्रतिक्रान्तिको प्रतिनिधित्व गर्ने बताएका छन ।

नेकपा कैलालीले जिल्लाको घोडाघोडी नगरपालिकाको रतिपुरमा १० औं पार्टी पूनर्गठन दिवस र जनमुक्ति सेना नेपालको स्थापना दिवसको अवसरमा आयोजना गरेको कम्युनिष्ट विचार गोष्ठिलाई प्रमुख अतिथिको रुपमा सम्वोधन गर्दै स्थायी समिति सदस्य भरत सीले पछिल्लो समयमा राजावादीहरुको चलखेल र आन्दोलन प्रतिक्रान्तिको प्रतिनिधित्व भएको बताएका हुन ।

उनले नेपालमा प्रतिगमन र प्रतिक्रान्तिको खतरालाई रोक्न विशेषतः माओवादी जनयुद्ध लडेका क्रान्तिकारीहरुले समिक्षा गर्दै नयाँ मान्यता स्वाधीनता र समाजवादी व्यवस्थाका लागि एकीकृत भएर राष्ट्रिय संकटको निकास दिन आवश्यक रहेको बताए ।

उनले सामान्यतया २००७ सालदेखिका सबै क्रान्तिसंग सम्बन्धित सरोकारवालाहरुलाई मंसिर ८को दिनले नयाँ प्रेरणा र उर्जा दिने विश्वास दिलाए ।

स्थायी समिति सदस्य भरतले भने “अहिले देशमा क्रान्ति र प्रतिक्रान्तिको टक्कर चलिरहेको छ र क्रान्ति केही अफ्ट्यारोबाट गुज्रिरहेको छ । आज थबाङ्ग लगायत देशभर भैरहेको पार्टी पुनर्गठन दिवसले क्रान्ति र बल्खु वरपर भैरहेको कार्यक्रम र राजतन्त्र फर्काउने कार्यक्रमले प्रतिक्रान्तिको प्रतिनिधित्व गरिरहेकाछन ।”

उनले आजको संकटको कारक वैदेशिक हस्तक्षेप र दलाल पूँजीवाद भएको भन्दै संकटको समाधान अबको समाजवादी क्रान्तिकारी परिवर्तन एकीकृत जनक्रान्तिबाट मात्रै सम्भव हुने ठोकुवा गरे ।

उनले नेपालको सबै शान्तिपूर्ण र सशस्त्र क्रान्तिको असली उत्तराधिकारीको रूपमा एकीकृत जनक्रान्ति स्थापित हुनु १० वर्षको महान उपलब्धि भएको पनि बताए ।

कार्यक्रममा अतिथिको रुपमा नेकपाका पिविएम विकल्प सी, नेकपाका केन्द्रीय सदस्य प्रकाश सी, केन्द्रीय सदस्य समर, र हिक्मत सी लगायतका नेताहरुको सहभागीता रहेको थियो । पिविएम विकल्प र केन्द्रीय सदस्य समरले सम्बोधन गर्दै नेपालको क्रान्तिकरी पार्टी नेकपा मात्रै भएकाले यसको पूनर्गठन दिवस भव्य रुपमा मनाउनु पर्ने बताएका थिए ।

कार्यक्रममा सेति व्यूरो इन्चार्ज भगत सी उपस्थिति हुन नसेकाले उनले पठाएको शुुभकामना प्रमुख अतिथिले पढेर सुनाएका थिए ।कार्यक्रममा पुराना इमान्दार कम्युनिस्ट २ जना र उत्पादनमा कामगर्ने अमर सी बाट ड्राइगन फ्रुट ग्रहण गर्दै प्रमुख अतिथि भरतले सम्मान गरेका थिए ।

कार्यक्रममा एक दर्जन बढी चौधरी समुदायका व्यक्तिहरु पार्टी प्रवेस गरेका थिए । उनीहरुलाई नेता भरतले अविर लगाएर स्वागत गरेका थिए ।कार्यक्रममा सुन्तला र केरा एकले अर्को व्यक्तिलाई खुवाएर हार्दिकतापूर्ण पार्टी पूनर्गठनको शुभकामना आदान प्रदान गरेको बताईएको छ । जीतु सीको अध्यक्षतामा भएको विचार गोष्ठि कार्यक्रमको संचालन दिलवहादुर सीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार