स्वतन्त्र उम्मेदवारको चुनावी र्यालीमा सयौं समर्थकको नारा: ‘खेम दाइ हाइहाइ‘!(फोटोफिचर)

डेली न्युजराप्ती       २७ बैशाख २०७९ २१:५४ मा प्रकाशित     296 No Comments


बैशाख २७,तुलसीपुर। तुलसीपुरमा स्वतन्त्र उम्मेदवारको चुनावी र्याली सम्पन्न भएको छ।
मंगलबार तुलसीपुरमा स्वतन्त्र जनपक्षीय उम्मेदवारहरुको प्यानलको चुनावी र्यालीले तुलसीपुर नगर परिक्रमा गर्दै सभामा परिणत भएको हो।

सयौं समर्थकको उपस्थितिमा भएको चुनावी र्यालीमा तुलसीपुर उपमहानगरपालिका स्वतन्त्र उप-मेयर पदका उम्मेदवार खेमराज वलीको उपस्थिति रहेको थियो।
चुनावी र्यालीमा उप-मेयर पदका उम्मेदवार खेम वलीको पक्षमा चर्का नाराहरु घन्किएको सुनिन्थ्यो।
समर्थकहरुले नारा लगाउदै भनिरहेका थिए-‘खेम दाइ हाइहाइ।‘

चुनावी र्याली पछिको सभालाइ सम्बोधन गर्दै वलीले तुलसीपुरलाई नेपालको उत्कृष्ट उपमहानगर बनाउने भिजन आफुसंग रहेको बताए। उनले भने– ‘ तुलसीपुर उपमहानगरपालिकालाई भ्रष्टहरुको पन्जाबाट बाहिर निकाल्न ज्यानको बाजी लगाउछु तर भ्रष्टाचार मुक्त सुशासन युक्त नगर बनाएरै छाड्छु।’

एक फरक प्रसंगमा बोल्दै वलीले एकपटक नेपालको झण्डा बोकेर आएकाले पार्टीभन्दा माथि उठेर पुतली चिन्हमा मतदान गरि स्वतन्त्र उम्मेदवारको प्यानललाइ बिजयी बनाउन अपिल समेत गरेका थिए।

स्वतन्त्र उप-मेयर पदका उम्मेदवार खेमराज वली तुलसीपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थालाइ झण्डै ४ कार्यकाल सफल नेतृत्व गरिसकेका अनुभवी,योग्य,इमानदार,जुझारु विकासप्रेमी युवा नेताको रुपमा चिनिन्छन।

चुनावी र्यालीमा तुलसीपुर-५ बाट स्वतन्त्र वडा अध्यक्ष पदका उम्मेदवार प्रेम बहादुर बाठा मगर नेतृत्वको टिम,तुलसीपुर-५ वडा अध्यक्ष पदका स्वतन्त्र उम्मेदवार इश्वरी प्रसाद पाण्डे लगाएतका स्वतन्त्र जनपक्षीय उम्मेदवारहरुको सहभागीता रहेको थियो।

फोटोफिचर:

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार