नेकपा दाङद्वारा श्रद्धाञ्जली सभा सम्पन्न

डेली न्युजराप्ती       १६ भाद्र २०७८ ०७:०५ मा प्रकाशित     640 No Comments


दाङ।नेपाल कम्युनिस्ट पार्टी घोराही उपमहानगर-२को आयोजनामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ।

नेपाल कम्युनिस्ट पार्टीका सदस्य वसन्त रावतको बुवा दिवंगत बुवा कुल बहादुर रावतको श्रद्धाञ्जली सभाको प्रमुख आतिथ्य पार्टी दाङ जिल्ला कमिटी सदस्य महान,जिल्ला पार्टीका नेताहरु छोटिलाल,बिष्णु,दिवन चौधरी, मृतक रावतका छोरा बसन्त रावतको आतिथ्य रहेको थियो।

दस बर्से महान जनयुद्ध हुदै एकीकृत जनक्रान्ती सम्म आइपुग्दा मृतक रावतले पार्टीलाई महत्वपूर्ण सहयोग गरेको र उहाको मृत्युले पार्टीलाई अतुलनीय क्षति भएको भन्दै कार्यक्रमका प्रमुख अतिथि महानले भावपुर्ण श्रद्धाञ्जली व्यक्त गरेका थिए। श्रद्धाञ्जली सभाको अध्यक्षता नेकपा निकट थारु राष्ट्रिय मुक्ति मोर्चाका दाङ जिल्ला संयोजक तथा घोराहि-२ का इन्चार्ज चुलुवाले गरेका थिए भने सहजीकरण घोराही उपमहानगर-७ सेक्रेटरी पदम चन्दले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार