काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकतासम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन । तत्कालीन राष्ट्रपति बिद्यादेवी भण्डारीले रोकेको उक्त विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् । राष्ट्रपति पौडेललेअघिल्लो प्रतिनिधिसभाकै बेला संघीय संसद (राष्ट्रिय र प्रतिनिधि सभा) बाट पारित भएको नागरिकतासम्बन्धी विधेयकलाई प्रमाणीकरण गरेका हुन् ।
सो विधेयकमा केही प्रश्न उठाउँदै तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमै फिर्ता पठाएकि थिइन् । संसदका दुवै सदनले पारित गरेको नागरिकता विधेयक ०७९ साउन १५ मा तत्कालीन राष्ट्रपति भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइएको थियो । विधेयकमा चित्त नबुझेको भन्दै भण्डारीले संसद्लाई फिर्ता पठाएकि थिइन् ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.