विप्लवबाट फुटेको धर्मेन्द्र समूह एक वर्ष नपुग्दै वैद्यमा विलय

डेली न्युजराप्ती       २० बैशाख २०८० ०७:२७ मा प्रकाशित     446 No Comments

दाङ । विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीवाट फुटेको धर्मेन्द्र समूह अन्तत एकवर्ष नपुगदै वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीमा विलय भएको छ ।

२०७९ सालको वैसाख २२ गते विप्लवले नेतृत्व गरेको नेकपासंग चुनावमा जाने कुरामा असहमति जनाउदै धर्मेन्द्र समूह विभाजन भएको थियो ।
सो समूह फुटेको एकवर्ष पनि नपुग्दै यहि वैसाख १८ गते क्रान्तिकारी माओवादीमा विलय भएको घोषणा गरेको हो । वैद्य संग विलय संगै पार्टीको नाम भने क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल राखिएको छ । त्यसको अध्यक्ष मोहन वैद्य (किरण) र प्रवक्तामा धर्मेन्द्र वास्तोला (कञ्चन) रहेका छन ।

विप्लवसंगको फुट पछि धर्मेन्द्र समूहसंग ६९ केन्द्रीय सदस्य मध्य ९ जना केन्द्रीय सदस्य संलग्न पार्टीको नाम नेकपा (वहुमत) राखिएको थियो ।
धर्मेन्द्र समूहले मुख्यत विप्लवले स्थानीय चुनाव प्रयोग गर्ने कार्यनीति लिनु संसदवादी भएको आरोप लगाउदै पार्टी विभाजन गरेको थियो । तर धर्मेन्द्र समूह २०७४ सालको संसदीय चुनावमा भाग लिएको वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीमा विलय हुनु अनौठो भएको विश्लेषकहरुको वुझाई छ ।

विप्लवले चुनाव प्रयोग गर्दा संसदवादी हुने भए वैद्यले प्रयोग गर्दा क्रान्तिकारी कसरी हुदोरहेछ ? धर्मेन्द्र समूहलाई यो प्रश्न सोध्दा कुनै जवाफ छैन । यसले के देखाउछ भने धर्मेन्द्र समूहको फुटको कुनै औचित्य सावित हुन सकेन ।

फुट केवल आफ्नो गल्ती ढाकछोप गर्ने हतियार मात्र भयो आज त्यही कुरा प्रमाणीत गर्यो एक राजनैतिक विश्लेषकले भनेका छन ।
वैद्य संग पार्टी एकताको नाममा विलय हुनु एकताको हिसावले स्वभाविक मानिए पनि धर्मेन्द्र समूहको चरित्रको हिसावले अस्वभाविक छ भन्नेहरु धेरै छन ।

किनकी यो समूहले क्रान्ति भन्दापनि पदको लागि पार्टी विभाजन गरेको पुष्टि भएको छ । नेकपामा हुदा समेत धर्मेन्द्र वास्तोलाले पार्टीको प्रवक्ता आफू हुनुपर्ने र खड्ग वहादुर विश्वकर्मा (प्रकाण्ड) भन्दा माथिको वरियता पाउनु पर्ने माग गरिरहनु भएको थियो । यदि नेकपाले त्यसो गरेको भए धर्मेन्द्र समूह विभाजन हुने थिएन होला ।

क्रान्तिकारी विचार र नेतृत्वको रक्षा गर्न क्रान्तिकारी विचारमा अडिक नेतृत्वको आवश्यक पर्छ । धर्मेन्द्र र सुदर्शनको नेकपामा हुदा पनि अवसरवादी प्रवृति हावी हुदै गएको,आर्थिक अपचलन गरेको ,पार्टीले छानविनको कुरा उठाउदा चुनावको निहु वनाएर भागेको नेकपाले आरोप लगाएको छ ।
नेकपाका महासचिव विप्लवले धर्मेन्द्र समूहलाई सच्चिन वेला वेला सुझाव दिए पनि उल्टै पार्टीको चुनाव प्रयोगको कार्यनीतिलाई निहु वनाएर अराजकता मचाएपछि कार्वाही गर्न वाध्य भएको वताउनु भएको थियो ।

नेकपाको कार्वाही पछि पार्टी फुटाएर भागेको धर्मेन्द्र समूहले फेरी पनि पुरानो वाटोमा फर्किने निर्णय गर्नु अग्रगामी नभएर पश्चगामी कदम भएको आम वुझाई छ । यो एकतामा सच्चा क्रान्तिकारी कार्यकर्तामा त्यति उत्साह देखिएको छैन ।

नेता धर्मेन्द्रले यति चाडै वैद्यले नेतृत्व गरेको माओवादीमा विलय हुनुमा पार्टी संचालन गर्न नसक्नु , कार्यकारी राष्ट्रपतिको कुराले पार्टी भित्रै आलोचित हुनु , क्रान्तिको नेतृत्व गर्न सक्ने कार्यकर्तामा विस्वास पैदा गराउन नसक्नु र लाजकाजले वैद्यसंग जानु तत्कालका लागि सुरक्षित हुने ठानेर विलय हुनु रहेको उनी निकट श्रोतको भनाई छ ।

जेहोस फेरी पनि क्रान्तिकारी शक्तिहरु सवैले पद र व्यक्तिगत फाईदा हेरेर विभाजन हुनु भन्दा एकतावद्ध भएर वाकी क्रान्तिको कार्यभार पुरा गर्न आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार