लुम्बिनी प्रदेशको ३३ प्रतिशत विकास बजेट बजेट फ्रिज

डेली न्युजराप्ती       २६ असार २०८० ११:४९ मा प्रकाशित     129 No Comments

तुलसीपुर । लुम्बिनी प्रदेशबाट दाङका लागि आएको विकास बजेट खर्च नहुँदा झण्डै दुई अर्ब रकम फ्रिज भएको छ ।
दाङमा यस वर्ष प्रदेश सरकारले पठाएको पाँच अर्ब ३० करोड ६७ लाख १४ हजार दुई सय पाँच रुपैयाँमध्ये एक अर्ब ७५ करोड ६५ लाख ४३ हजार दुई सय ५६ रुपैयाँ २४ पैसा फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङले जनाएको छ । जिल्लामा कूल बजेटको ६६ दशमलव ९० प्रतिशत अर्थात तीन खर्ब ५५ करोड एक लाख ७० हजार नौ सय ४८ रुपैयाँ ७६ पैसा खर्च भएको छ ।
प्रदेशतर्फका कार्यालयहरुको अवस्था हेर्दा सिंचाई र पूर्वाधारका क्षेत्रमा विकास खर्च कम छ । सबै भन्दा धेरै प्रदेश पूर्वाधार विकास प्राधिकरणको ८१ करोड ९२ लाख ५० हजार बजेटमा ७३ करोड ४५ लाख ४५ हजार सात सय ५३ रुपैयाँ ६ पैसा फ्रिज भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार सडक पूर्वाधार विकास कार्यालयको एक अर्ब २२ करोड ८० लाख ३२ हजार बजेटमा ४४ करोड ६० लाख ९६ हजार तीन सय ६६ रुपैयाँ खर्च भएन छ । त्यस्तै शहरी विकास तथा भवन कार्यालयको ९० करोड ३५ लाख रुपैयाँ बजेटमा ३५ करोड ७४ लाख १५ हजार सात सय ४३ रुपैयाँ फ्रिज भएको छ

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार