युवा संगठन नेपाल दाङको दोस्रो पुर्ण वैठक सम्पन्न

डेली न्युजराप्ती       ११ श्रावण २०७८ १९:५७ मा प्रकाशित     758 No Comments


हेमन्त वली श्रावन-११,दाङ।
नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन युवा संगठन नेपाल दाङ जिल्लाको दोस्रो पुर्ण वैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ।
वैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै प्रमुख अतिथी नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलले युवाहरुको काधमा महत्वपूर्ण र गहन जिम्मेवारी थपिएको बताउनुभयो।उहाले पार्टी शान्तिपुर्ण ढंगले बैज्ञानिक समाजवाद प्राप्तिको दिशामा अघि बढेको परिस्थितिमा युवाहरुले लडाइ फरक र जनमुखी ढंगले संचालन गर्नुपर्ने धारणा राख्नुभयो।उहाले निकट भबिस्यमै जनताको सत्ता जनताको हातमा हुने बिश्वास व्यक्त गर्नुभयो।
युवा संगठन नेपाल दाङ जिल्ला अध्यक्ष तुल्सीको अध्यक्षतामा बसेको वैठकमा युवा संगठन नेपालका केन्द्रिय संयोजक पाटन,नेकपा दाङ जिल्ला बिशेष कमिटी सदस्य विक्रम,नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिप,नेकपा घोराही नगर इन्चार्ज तिलक,युवा संगठन नेपाल दाङ जिल्ला इन्चार्ज मनोजको आतिथ्य रहेको थियो।
वैठकले जिल्ला र पालिका स्तरमा अन्तर्क्रीया गर्ने,प्रशिक्षण गर्ने,क्रान्तिकारी युवाहरुलाइ संगठनमा संगठित गर्ने निर्णय गरेको छ।यस्तै वैठकले जिल्ला कार्यालय र सचिवालय टिम पनि गठन गरेको जनाइएको छ।
वैठकले पालिका स्तरमा इन्चार्जहरुको जिम्मेवारी ठोस गरेको छ भने लागुऔसध कालोबजारीलाई कार्वाही गर्ने,मिटर व्याजिलाइ पहिचान गरी कार्वाही गर्ने,जातिय छुवाछुत सम्बन्धि जनचेतना फैलाउने र कार्वाही गर्ने,एमसिसी सम्झौता विरुद्ध भण्डाफोर गर्ने,एनसेल गरेको करछली विरुद्ध संघर्ष गर्ने,भित्तेलेखन गर्ने जस्ता महत्वपूर्ण निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार