युवा-बिद्यार्थीको मनोविज्ञानलाई सहि विचारद्वारा नेतृत्व गर्न स्ववियुमा भाग लिनुपर्छ : नेता सविन

डेली न्युजराप्ती       ९ फाल्गुन २०७९ १८:२९ मा प्रकाशित     211 No Comments

हेमन्त प्रकाश वली ।
फागुन ९ / दाङ ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा राप्ती ब्युरोका इन्चार्ज सविन सीले युवा बिद्यार्थीको मनोबिज्ञानलाई सहि विचारद्वारा नेतृत्व गर्न स्ववियुमा भाग लिनुपर्ने धारणा व्यक्त गरेका छन् ।
नेता सविनले आज घोराहीमा नेकपा निकट अखिल (क्रान्तिकारी) संयुक्त दाङ जिल्ला समितिको विस्तारित बैठक तथा स्ववियु बिशेष प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् ।

स्ववियु बिशेष प्रशिक्षण कार्यक्रममा बोल्दै नेता सविनले भने – ‘राजनीतिप्रती बितृष्णा भएको युवा-बिद्यार्थीको मनोबिज्ञानलाई सहि विचारद्वारा नेतृत्व गर्नलाइ स्ववियुमा क्रान्तिकारीले भाग लिनुपर्छ । आम युवा-बिद्यार्थीको निराशा मेटाउन अखिल(क्रान्तिकारी)ले स्ववियुमा भाग लिनुपर्छ । अबको राजनीतिक विकल्पको खोजिमा रहेका बिद्यार्थीको नेतृत्व गर्नपनी क्रान्तिकारी संगठनले स्ववियुमा पहलकदमी लिनुपर्ने बेला आएको छ । त्यतिमात्र होइन क्रान्तिकारी संगठनले युनिभर्सिटीमा पढिरहेका बिद्यार्थीहरुलाइ समाजवादी अभियान्ताका रुपमा हिडाउन पनि स्ववियुमा भाग लिनुपर्ने हुन्छ , भाग लिने कुरा मात्रै होइन यो एजेन्डा आधारित रहेर देशैभरी स्ववियुको निर्वाचनमा अत्याधिक मतले जित्ने गरि तयारीलाई व्यापक बनाउने हो।’

संसदीय व्यवस्था सुदृढ गर्नका लागि संसदवादी पार्टीका बिद्यार्थी संगठनहरु स्ववियुमा लागिपरेका छन् , उनले थपे ‘ हामिले स्ववियु निर्वाचनलाई यो व्यवस्थाको विरुद्धमा वैज्ञानिक समाजवादका अवधारणाहरु आम युवा-बिद्यार्थीहरुका बिचमा पुर्याउन स्ववियु जित्नुपर्ने हुन्छ।’

यो दलाल पुजीवादी व्यवस्थाका कारण अहिले प्राय सबै बिद्यार्थीहरु पासपोर्ट बनाउने अभियानमा लागेका छन् , उनले फेरि भने ‘हामिले यो पासपोर्ट बनाउने चेन ब्रेक गर्नुपर्छ । दिनदिनै नागरिकलाई आत्महत्या गर्न बाध्य बनाउने यो व्यवस्था विघटन गर्नुपर्छ । यो दलाल व्यवस्थाले अड्याएको दलाल पुजीवादी अर्थव्यवस्था फेर्नुपर्छ । यो व्यवस्थाको विकल्पमा युवा-बिद्यार्थीहरुले यहीँ देशमा रोजगार पाउने , निशुल्क शिक्षा , स्वास्थ्य , गास ,बास , कपासको ग्यारेन्टी हुने व्यवस्था वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापनाका लागि संघर्ष गर्नुपर्छ ।’

नेकपाका केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज सविन सीको प्रमुख आतिथ्य सम्पन्न स्ववियु बिशेष प्रशिक्षण तथा संयुक्त दाङ जिल्ला समितिको विस्तारित बैठकमा अखिल(क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष प्रकाश सी , नेकपा पुर्वी दाङका सचिव जनक सी , जनपत्रकार संगठन नेपालका केन्द्रीय सदस्य द्वय हेमन्त प्रकाश सी र जंग सीको आतिथ्य रहेको थियो ।

अखिल(क्रान्तिकारी) दाङका उपाध्यक्ष दिपक सीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेकपा पुर्वी दाङका सचिव जनक सीले शुभकामना मन्तव्य राखेका थिए भने प्रशिक्षणात्मक मन्तव्य पार्टीका राप्ती ब्युरो इन्चार्ज सविन सी र संगठनका केन्द्रीय अध्यक्ष प्रकाश सीले व्यक्त गरेका थिए ।

स्ववियु बिशेष प्रशिक्षण तथा संयुक्त दाङ जिल्ला समितिको विस्तारित बैठकको अध्यक्षता एवम संचालन संगठनका जिल्ला अध्यक्ष खुमन सीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार