सर्वदलीय अनुगमन समितिकाे संयाेजक बने नेकपाका जिल्ला सचिव मदन सी

डेली न्युजराप्ती       ३ माघ २०८० १०:०५ मा प्रकाशित     113 No Comments

३ माघ , फारुला, सल्यान ।

दार्मा गाउँपालिका सल्यानमा नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सचिव मदन सी एक सर्वदलीय अनुगमन समितिकाे संयाेजक बनेका छन् ।

पालिकाकाे केन्द्र फारुलामा बसेकाे राजनैतिक पार्टीहरुकाे संयुक्त बैठकबाट जिल्ला सचिव मदन सी जाजरकोटकाे रामिडाँडालाई केन्द्रबिन्दु बनाएर गत कात्तिक १५ गते गएको भूकम्पमा परेर साे गाउँपालिकामा क्षति भए पश्चात् भएको उद्वार, राहत वितरण, भग्नाबशेष व्यवस्थापन, अस्थायी आवास निर्माण तथा पुनः निर्माण लगायतका कार्यहरुमा अनियमितता भएको हुन सक्ने भनेर व्यापक जन गुणासाे आएको भन्दै उल्लेखित कार्यहरुकाे अनुगमन गर्न बनेको सर्वदलीय समितिकाे संयाेजक भएका हुन।

फारुला बजारमा रहेको नेकपा(माओवादी केन्द्र) काे कार्यालयमा सर्वदलीय बैठक बसि साे समिति बनाएको नेकपा (एमाले) जिल्ला सदस्य गणेशमान सिंहले जानकारी दिए। माओवादी केन्द्रका नेता दुर्गा मल्लकाे अध्यक्षतामा बसेकाे सर्वदलीय बैठकले चक्रिय रुपमा सबै पार्टीका प्रतिनिधिहरुले नेतृत्व गर्ने गरि बनेको साे अनुगमन समितिले पहिलोपटक मदन सीलाई संयाेजक छानेकाे हाे।

भूकम्पको नाममा दार्मा गाउँपालिकामा अहिलेसम्म प्राप्त जिन्सी र हालसम्मको खर्च भएको विवरण जनतासामु सार्वजनिक गर्न दबाब दिने र अनुगमन गर्ने काम साे समितिकाे हुने जानकारी नेपाली काँग्रेसका जिल्ला सदस्य रामचन्द्र के.सिले दिए ।

यस्ता अनुगमन समितिका संरचनाहरुलाई वडातहसम्म लैजाने समेत निर्णय भएको जानकारी नेकमा (एकीकृत समाजवादी) का जिल्ला समिति सदस्य दल बहादुर के.सिले दिए।

साे समितिमा मदन सी संयाेजक रहेका छन भने सदस्यहरुमा नेपाल काँग्रेसबाट जिल्ला सदस्य रामचन्द्र के. सी,नेकपा (एमाले) बाट जिल्ला सदस्य गणेशमान सिंह,

नेकपा (माओवादी केन्द्र) बाट जिल्ला सदस्य तथा दार्मा गाउँपालिका अध्यक्ष दुर्गा मल्ल,नेकपा (एकीकृत समाजवादी) बाट जिल्ला सदस्य दल बहादुर के.सी.र रा.प्र.पा.बाट साेबिका शाही रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार