भारतबाट ४५ हजार मेट्रिकटन युरिया मल आयात गरिँदै

डेली न्युजराप्ती       १९ मंसिर २०७९ ०८:१९ मा प्रकाशित     188 No Comments

काठमाडौ, १९ मंसिर । ४५ हजार मेट्रिकटन युरिया मल आयातको चरणमा रहेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भारतसँग जीटूजीमा खरिद गरेको ३० हजार मेट्रिकटन युरिया मल पुस पहिलो सातासम्म आइपुग्ने गरि तयारी भइरहेको छ भने ४५ हजार मेट्रिकटन युरिया मल आयातको चरणमा छ ।

हाल देशभरका डिपोमा ४२ हजार मेट्रिकटन रासायनिक मल मौज्दात रहेको मन्त्रालयका प्रवक्ता प्रकाश कुमार सन्जेलले जानकारी दिनुभयो । कृषि सामग्री कम्पनीसँग ३५ हजार ४ सय ४९ मेट्रिकटन र साल्ट ट्रेडिङसँग ७ हजार ५ सय ३४ मेट्रिकटन मल मौज्दात छ । चालु आर्थिक वर्षको ४ महिनामा ८६ हजार २ सय ४६ मेट्रिकटन रासायनिक मल बिक्री भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार