नेकपा दाङद्वारा पार्टी सदस्य पुनाराम चौधरीको निधनप्रती श्रद्धाञ्जली व्यक्त

डेली न्युजराप्ती       २४ मंसिर २०८१ ०६:२८ मा प्रकाशित     154 No Comments

मंसिर २४,दाङ ।
नेपाल कम्युनिस्ट पार्टी दाङले पार्टी सदस्य पुनाराम चौधरीको निधनमा श्रद्धाञ्जली व्यक्त गरेको छ ।
आइतबार सो पार्टीका जिल्ला सेक्रेटरी तिलक सीले एक श्रद्धाञ्जली वक्तव्य जारी गर्दै दिवंगत चौधरीप्रती भावपुर्ण श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

तुलसीपुर उपमहानगरपालिका-२ पहलुवा निवासी पार्टीका केन्द्रीय प्रतिनिधि समिती सदस्य एवम दंगिशरण गाउँपालिका इन्चार्ज जिवनी सीका ससुरा बुवा तथा पार्टीका सदस्य पुनाराम चौधरीको मंसिर २३ गते विहान ४ बजे दुखद निधन भएको हो ।

यस्तै श्रद्धाञ्जली वक्तव्यमा पार्टीले इमानदार अभिभावक गुमाएर क्षती बेहोरेको स्पष्ट पारिएको छ भने दिवंगत चौधरीप्रती भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन र सम्पुर्ण पार्टीपंक्तिमा गहिरो समवेदना प्रकट गरिएको छ ।

श्रद्धाञ्जली वक्तव्यको पुरापाठ:-

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार