मधेसमा पनि रित्तिदै धर्मेन्द्र समूह , पार्टीका केन्द्रीय सदस्य शाह नेकपामा प्रवेश

डेली न्युजराप्ती       २१ फाल्गुन २०७९ ०७:०१ मा प्रकाशित     170 No Comments

सर्लाही /धमेन्द्र बास्तोला समूहका केन्द्रीय सदस्य तथा सिरहा , सप्तरी जिल्ला इन्चार्ज गणेश साह नेपाल कम्युनिस्ट पार्टीमव समाहित भएका छन । शनिबार नेता शाहले एक प्रेस विज्ञप्ति जारी गर्दै आफूले बास्तोला नेतृत्वको नेकपा बहुमत परित्याग गरेको बताएका हुन् ।

शाहले विज्ञप्तिमा भनेका छन , “ नेपाली क्रान्तिको मौलिक कार्यदिशा एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवादको प्राप्ती नै रहेको बताउँदै पुँजीवादका विरुद्ध आजै देखि नेकपा बहुमत छोडी नेपाल कम्युनिस्ट पार्टीमा समाहित भएको जानकरी गर्दछौं ।”

नेकपा पोलिटब्युरो सदस्य आधार सी, पोलिटब्युरो सदस्य देवनारायण साह केन्द्रीय सदस्यहरु जुझारु सी , कमल सुस्लिङ सी लगायत नेताहरुले एक कार्यक्रमका बिच शाहलाई स्वागत गरेका थिए ।

प्रेस विज्ञप्ति :

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार