दाङमा नक्कली असइ बनेर ठगी गर्ने एक जना पक्राउ

डेली न्युजराप्ती       २९ पुष २०७८ ०६:५० मा प्रकाशित     501 No Comments


न्यूजराप्ती,दाङ। दाङमा नक्कलि असई बनि ठगि गरेको आरोपमा प्रहरीले घोराहीबाट एक जना पक्राउ गरेको छ ।

घोराही १५ मालपोत कार्यालय नजिकैबाट जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलिले घोराही निबासी रामबहादुर बस्नेतलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख एसपि सुरेशप्रसाद काफ्लेले बताए । उनले नक्कलि असई बनेर धाक धम्कि देखाई घोराहीको एक बस्त्रालयबाट १४ हजार बराबरको कम्मल लगि ठगि गरेको पिडितको जाहेरिको आधारमा पक्राउ गरिएको जानकारी दिए । उनले बस्नेतलाई हिरासतमा राखेर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनि विरुद्ध ठगि मुद्धा दर्ता गरेर कानुनी कारबाही गरिने एसपि काफ्लेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार