विप्लवको घर सबै क्रान्तिकारीहरुको घर हो : कृष्णध्वज खड्का

डेली न्युजराप्ती       २२ मंसिर २०७९ ०९:१९ मा प्रकाशित     400 No Comments

मंसिर २२ , कपिलबस्तु । लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य कृष्णध्वज खड्काले विप्लवको घर सबै क्रान्तिकारीहरुको घर भएको बताउनुभएको हो ।
बुधबार कपिलवस्तुको शिवराजमा नेकपाका महासचिव विप्लवका दिवंगत आमा आशिकादेवी चन्दको स्मृतिमा आयोजित श्रद्धाञ्जली सभामा शोक मन्तव्यको क्रममा नेता खड्काले यस्तो बताउनुभएको हो ।

शोक मन्तव्य व्यक्त गर्दै प्रदेश सरकारका अर्थमन्त्री समेत रहनुभएका खड्काले दिवंगत आमा आशिका देवि चन्द सबैको अभिभावक ,संरक्षक भएको बताउनुभएको थियो ।
उहाले भन्नुभयो – ‘आमा सबैको अभिभावक हुनुहुन्थ्यो । म धेरैपटक यो घरमा बसेको छु , आदरणीय आमासंग कुरा गरेको छु । उहाँ आमा साच्चिकै महान हुनुहुन्थ्यो । दर्शन , राजनीति नबुझेपनि उहाँको सपना कोहि धनि गरिब हुन नपरोस , उच-निच नहोस , जातभात ,ठूलो-सानो , सबैखाले बिभेदको अन्त्य होस र नेपाल भन्ने देश समृद्ध होस भन्ने चाहाना थियो त्यो भनेको आमाको सपना समाजवाद हो ।’
उहाँले आदरणीय दिवंगत आमाप्रती भावपुर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभयो भने विप्लवसहित सम्पुर्ण परिवारमा गहिरो समवेदना समेत व्यक्त गर्नुभएको थियो ।

एक फरक प्रसंगमा बोल्दै नेता खड्काले विप्लवको घर सबै क्रान्तिकारीहरुको घर भएको बताउनुभएको हो ।
नेकपाका महासचिव विप्लव र आफू बिद्यार्थीकाल देखि संगै काम गर्दै जनयुद्धमा वर्गसंघर्षका विभिन्न मोर्चा सम्हालेको स्मरण गर्दै नेता खड्काले भन्नुभयो – ‘विप्लवजी र म वर्गसंघर्षका थुप्रै मोर्चामा संगै थियौं । वर्गसंघर्ष चर्काउन दबाब हामीले दिएका हौं अझ विप्लवजी त सुरुमै कपिलवस्तुमा वर्गसंघर्षलाई उठान गर्नुभएको हो ।
म थुप्रैपटक यो घरमा बसेको छु , म मात्रै होइन नेपालका क्रान्तिकारीहरु प्राय यो घरमा बसेका छन त्यसैले यो घर विप्लवको मात्रै होइन नेपालका सबै क्रान्तिकारीहरुको हो ।’

नेता खड्काले दिवंगत आमाको सपना समाजवाद भएकाले त्यसलाइ पूरा गर्न यात्रामा निरन्तर हिड्नुपर्ने समेत बताउनुभएको थियो ।

श्रद्धाञ्जली सभामा दिवंगत आमा आशिकादेवीका जेष्ठ सुपुत्री तुलसा सी , माहिली छोरी लक्ष्मी सी , नेकपाका स्थायी कमिटी सदस्यहरु विषम सी , गोकुल सी , शिलु सी , भरत सी , नेकपाका सल्लाहकार समिती सदस्य दिर्घ सी , सम्पुर्ण वेपत्ता योद्धा परिवारको तर्फबाट आस्था सी , नेकपा (माओवादी केन्द्र ) का पोलिटब्युरो सदस्य तुलाराम घर्ती मगर (बसन्त) , नेपाली कांग्रेस जिल्ला उपसभापति हुमाकान्त खड्का , स्थानीय समाजसेवी पुर्व वडा अध्यक्ष जीवन , गणतान्त्रिक खेलकुद महासंघका केन्द्रीय अध्यक्ष जयन्द्र चन्द , दिवंगत चन्द्र बहादुर चन्दका जिवनसंगिनि राजकुमारी सी , माहिली बुहारी पुर्णिामा सी , कान्छी छोरी देवा सी ,दाङ क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य पदमा नवनिर्वाचित माओवादी केन्द्रकी नेतृ रेखा शर्मा , दामा शर्मा ,नेपाल सरकारका सहसचिव दिनेश रजौरिया , राप्रपाका केन्द्रीय सदस्य द्वय प्रकाश रजौरिया कृष्ण पौडेल ,लुम्बिनी प्रदेश सरकारका अर्थमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य कृष्णध्वज खड्का , रोल्पा १(ख)बाट निर्वाचित स्वतन्त्र उम्मेदवार दिपेन्द्र पुन (सिजल), रोल्पाबाट वीर बहादुर खत्री (अपराजय), पाल्पाका समाजसेवि निरोज मास्के लगाएतको आतिथ्य रहेको थियो ।

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवका ममतामयी आमा आशिका देवी चन्दको स्मृतिमा भएको श्रद्धाञ्जली सभा कार्यक्रमकाे सञ्चालन पार्टीका पाेलिट ब्युरो सदस्य ध्रुब सीले गरेका थिए भने अध्यक्षका पार्टीका महासचिव विप्लवले गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार