अपराधीहरु उम्किने र सामान्य मान्छेलाई कारबाहीको भागिदार बन्ने गल्ति नहोस्
काठमाडौ / नेपाल कम्युनिस्ट पार्टी सहित तीन ओटा कम्युनिस्ट पार्टी सम्मीलित समाजवादी देशभक्त मोर्चाले भुटानी शरणार्थी प्रकरणमा रास्ट्रघात र जनघात संग जोडिएको बिषय भएकोले संलग्नहरुलाई हदैसम्मको कारबाही हुनुपर्ने बताएको छ। मोर्चाका अध्यक्ष विप्लव सी को अध्यक्षतामा सम्पन्न मोर्चाको बैठकले यस्तो निर्णय गरेको कुरा शनिबार जारी प्रेस बिज्ञप्ती मार्फत जानकारी गरिएको हो।
समाजवादी देशभक्त मोर्चाका अध्यक्ष तथा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवद्वारा हस्तान्तरित बिज्ञप्तीमा शरणार्थी प्रकरणमा सरकारले चलाएको कारबाहीलाई मोर्चाले सकारात्मक रूपमा लिएको समेत उल्लेख गरिएको छ।
त्यस्तै बिज्ञप्तीमा केहीलाई मान्छेले पोलेको भरमा गिरफ्तार गर्ने तर केहीलाई प्रमाणसहित उजुरी गर्दा पनि नछुने अवस्था देखिएको होकि भन्ने गंभीर आशंका पैदा भएकोले यसप्रति राज्यको समयमै ध्यान पुगोस र कुनै पनि बहनामा अपराधीहरु संरक्षित हुने सामान्य मान्छे मात्र कार्यवाहीको भागिदार बन्ने गल्ती नहोस भनेर सचेत बनाउन चाहन्छ भनिएको छ।
यस्तो छ बिज्ञप्तीको पुर्णपाठ:
भ्रष्टाचारबारे समाजवादी—देशभक्त मोर्चाको वक्तव्य
समाजवादी—देशभक्त मोर्चाको अध्यक्षमण्डलको बैठक आज २०८० जेठ ६ गते काठमाण्डौंमा सम्पन्न भयो । बैठकको निर्णय सार्वजनिक गर्न यो प्रेस वक्तव्य जारी गरिएको छ ।
१) हालै नेपाली नागरिकलाई भुटानी सरणार्थी बनाएर अमेरिका पठाएको विषयमा सरकारले चलाएको कार्यवाहीलाई मोर्चाले सकारात्मक रुपले लिएको छ । यो काण्ड राष्ट्रघात र जनघातसँग जोडिएकाले काण्डमा संलग्न अपराधीहरुलाई हदैसम्मको कडा कार्यवाही गर्नुपर्दछ ।
२) पछिल्ला दिनमा केहीलाई मान्छेले पोलेको भरमा गिरफ्तार गर्ने तर केहीलाई प्रमाणसहित उजुरी गर्दा पनि नछुने अवस्था देखिएको होकि भन्ने गंभीर आशंका पैदा भएको छ । यसप्रति राज्यको समयमै ध्यान पुगोस र कुनै पनि बहनामा अपराधीहरु संरक्षित हुने सामान्य मान्छे मात्र कार्यवाहीको भागिदार बन्ने गल्ती नहोस भनेर सचेत बनाउन चाहन्छ ।धन्यवाद ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.