माघ १५,दाङ ।
हेमन्तप्रकाश वली ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सीले जनताले ०८४ को चुनावमा देश बेचुवाहरु भोट माग्न गए जनताले गाउँबाट लखेट्ने बताए ।
मंगलबार पार्टीको घोराही उपमहानगरपालिकाको झिँगौरामा बसेको तेस्रो पुर्ण बैठकमा प्रशिक्षणमुलक मन्तव्य व्यक्त गर्दै उनले यस्तो कुरा बताएका हुन् ।
‘०८४ मा हुने चुनाव सम्बन्धी अनेकौं टिकाटिप्पनीहरु हुने गरेका छन् । कतिपयले मिसन ०८४ को नारा दिइरहेका छन् तर नेपालका संसदवादी दलका विचार र कार्यक्रमहरु गएगुज्रेका छन् । उनका नेताहरु यसरी गन्हाएका छन् कि उनिहरु जति अनैतिक र भ्रष्ट कोहि छैनन् । उनिहरु भोट माग्न गाउँमा गए भने जनताले लखेट्ने वाला छन् । देश बेचुवाहरुलाई अब जनताले भोट दिँदैनन् ।’
नेता सविनले नेकपाले पनि ०८४ को चुनावमा प्रतिस्पर्धा गर्ने बताए ।
उनले भने– ‘हामीपनि ०८४ को चुनावमा जाने योजना बनाएका छौँ । हामी समाजवादको एजेन्डा लिएर जनतामा जाने हो । जनतालाई सिधै अपिल गर्छौं , तपाइँहरु देश बेचुवा , लुटेराहरु भोट दिने कि नेकपालाई भनेर जनतालाई भन्छौं । हाम्रो पार्टी र नेतृत्वलाई खोट लगाउने ठाउँ छैन् , यो कुरा जनताले बुझेका छन् । हामिले भ्रष्टाचार पनि गरेका छैनौं , देशलाइ अहित हुने कुनैपनि काम हाम्रो पार्टी र नेतृत्वले गरेको छैन् । हामी त उत्पादनको महाअभियानमा छौँ , स्वाधीन राजनीतिको परिकल्पना गरिरहेका छौँ । हामी देशलाई अप्ठ्यारो पर्दा लडेका छौँ । जनताको सदियौँदेखी समाजवादी राज्यव्यवस्थाको चाहनाको प्रतिनिधित्व गर्नेगरी ०८४ मा अभियानात्मक ढंगले जाने सोच छ । हामिलाई बिश्वास छ ०८४ को चुनावले नेकपालाइ एकपटक देशको नेतृत्व गर्ने म्यान्डेट दिनेछ । संसदवादको विकल्पमा समाजवादको नयाँ मोर्चा चुनावपनि बन्न सक्दछ ।’
नेता सविनले नेपालमा अब नेकपा र यसको नेतृत्व महासचिव विप्लवको विकल्प नभएकाले नेताकार्यकर्तालाई जनताको बिचमा गएर पार्टीका विचारहरु प्रवाह गर्न निर्देशन दिनुभएको थियो ।
पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज सविन सीको प्रमुख आतिथ्यतामा बसेको बैठकमा पार्टीका केन्द्रीय सदस्य एवम लुम्बिनी प्रदेश जवस/मोर्चा फ्र्याक्सन इन्चार्ज सम्झना सी , पार्टीका केन्द्रीय सदस्य एवम घोराही उपमहानगर कमिटीका इन्चार्ज पाटन सी , पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला सेक्रेटरी तिलक सी , पार्टीका केन्द्रीय सदस्य विकाश सी लगाएतको आतिथ्यता रहेको थियो ।
बैठकले राजनीतिक , वैचारिक , संगठन , संघर्ष एवम उत्पादनका क्षेत्रमा महत्वपूर्ण निर्णय गरेको छ ।
तेस्रो पुर्ण बैठकले पालिकाका सबै वडाहरुका बैठकहरु बस्ने , मिटरव्याज , सहकारी ठगि लगाएतका विरुद्ध संघर्ष गर्ने निर्णय समेत गरेको जनाएको छ ।
यस्तै बैठकमा पार्टीको तेस्रो आवधिक योजना अबधिभर घोराही उपमहानगर कमिटीको इन्चार्जको भुमिका कुशलतापुर्वक निर्वाह गर्नुभएका नेता विकाश सीलाई सम्मानपत्र सहित सम्मान गर्दै जिल्लाको उत्पादन बिभागमा जिम्मेवारी परेकाले बिदाई समेत गरेको थियो ।
बैठकले पालिकाको नयाँ इन्चार्जमा पार्टीका केन्द्रीय सदस्य पाटन सी र सेक्रेटरीमा पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य महान सीलाई जिम्मेवारी प्रदान गरेको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.