नेकपा दाङद्वारा २८औ जनयुद्ध दिवसको अवसरमा स्लो बाइक रेस प्रतियोगिताको आयोजना

डेली न्युजराप्ती       २५ माघ २०७९ १५:५२ मा प्रकाशित     218 No Comments

माघ २५ , दाङ । नेपाल कम्युनिस्ट पार्टी दाङले संयुक्त रुपमा २८औ जनयुद्ध दिवस भव्यताका साथ मनाउने भएको छ ।
नेकपा पश्चिम दाङ र पुर्वी दाङले फागुन १ गते महान जनयुद्ध दिवसको अवसरमा तुलसीपुरमा स्लो बाइक रेस प्रतियोगिता गर्ने जनाएको छ ।

आज बुधबार तुलसीपुरमा नेकपा पश्चिम दाङ र पुर्वी दाङका नेता-कार्यकर्ताहरुको संयुक्त अनौपचारिक छलफलमा २८औ जनयुद्ध दिवसलाइ भव्य पर्वका रुपमा मनाउने निर्णय भएको हो ।

नेकपा दाङले २८औ जनयुद्ध दिवसको अवसरमा शुभकामना आदानप्रदान , बिबिध खेलकुद प्रतियोगिता (भलिबल , फुटबल लगाएत) , साझ जिल्लाका मुख्य शहरहरुमा दिप प्रज्वलन लगाएतका कार्यक्रमको समेत आयोजना गरिएको जानकारी दिएको छ ।

अनौपचारिक छलफलमा नेकपाका केन्द्रीय सदस्य तथा पश्चिम दाङका इन्चार्ज प्रदिप सी , नेकपा पश्चिम दाङका सेक्रेटरी निर्मल सी , नेकपा पुर्वी दाङका सेक्रेटरी जनक सी , नेकपा तुलसीपुर उपमहानगर कमिटीका इन्चार्ज भुवन सी , सेक्रेटरी शिव सी , गणतान्त्रिक खेलकुद महासंघका लुम्बिनी प्रदेश इन्चार्ज रुद्र सी , युवा संगठन नेपालका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज जिवनी सी लगाएत उपस्थित थिए ।

अनौपचारिक छलफलमा बोल्दै नेकपाका केन्द्रीय सदस्य तथा पश्चिम दाङका इन्चार्ज प्रदिप सीले अब पार्टीले संगठनलाई परिचालित बनाउदै स्थानीय स्तरमा बिकास निर्माणसंग जोड्नुपर्ने आवश्यकता रहेको बताएका थिए ।

महान जनयुद्ध दिवसलाइ पर्वको रुपमा मनाउनुपर्छ , उनले थपे ‘ फागुन १ नेपाली जनताले आफ्नो व्यवस्था प्राप्तिका लागि मुक्तीको बाटो रोजेको दिन हो । यो दिनलाइ हामिले उत्सवको रुपमा मनाउनुपर्छ । हजारौं योद्धाहरुको बलिदान , त्याग , समर्पणलाई हामिले उच्च सम्मान गर्नुपर्छ । जनयुद्धका अधुरा कार्यभार पूरा गर्न एकीकृत जनक्रान्तीमा लामबद्ध हुनु अहिले आवश्यकता हो ।’

अनौपचारिक छलफल कार्यक्रमको सहजीकरण नेकपा तुलसीपुर उपमहानगर कमिटीका इन्चार्ज भुवनले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार