दाङमा भोलि सञ्चारकर्मी र बुद्धिजीवीहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

डेली न्युजराप्ती       २९ फाल्गुन २०८० ०८:१९ मा प्रकाशित     67 No Comments

हेमन्त प्रकाश वली ।

फागुन २९ , घोराही । दाङको घोराहीमा फागुन ३० गते भोलि अन्तरक्रिया कार्यक्रम हुने भएको छ ।

जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश समितिको आयोजनामा ११:३० बजेदेखी सर्वोदय पुस्तकालयको सभाहलमा कार्यक्रमको आयोजना गरिएको जनाइएको छ ।

जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेश समितिका सदस्य जंग रेउलेका अनुसार कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको बताएका छन् ।

हामिले सबै सञ्चारकर्मी साथिहरु , पत्रकार संघ/संगठनका प्रमुख , आम बुद्धिजीवी मित्रहरु लगाएत सबै सञ्चार गृह , पत्रपत्रिका , अनलाईन , रेडियो , टेलिभिजन , नागरिक समाज , मानवअधिकारकर्मी लगाएत सबैलाई निमन्त्रणा सहित कार्यपत्र प्रदान गरिसकेका छौँ , उनले भने ‘ अहिलेको राजनीतिक – आर्थिक संकटले सञ्चार क्षेत्रमा गहिरो प्रभाव पारेको छ भन्नेमा सबैको सहमती छ तर निकासका बारेमा बिमर्श गर्न खुल्ला बहस चलाउने सोचले कार्यक्रम आयोजना गरेका हौं । कार्यक्रममा सहभागीताका लागि अपिल गर्दछौं ।’

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार