शान्तिनगरमा जनयुद्धका सहिद , बेपत्ता परिवार तथा घाइते योद्धाहरुलाई अभिनन्दन

डेली न्युजराप्ती       १९ फाल्गुन २०८० २०:५५ मा प्रकाशित     238 No Comments

हेमन्त प्रकाश ओली ।

फागुन १९ , दाङ । शान्तिनगर गाउँपालिकामा जनयुद्धका सहिद , बेपत्ता परिवार तथा घाइते योद्धाहरुलाई अभिनन्दन गरिएको छ ।

शनिवार नेपाल कम्युनिस्ट पार्टी शान्तिनगर गाउँसमितिको आयोजनामा आयोजित एक औपचारिक कार्यक्रमका बिच शहिद , बेपत्ता परिवार तथा घाइते योद्धाहरुलाई अभिनन्दन गरिएको हो ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम पश्चिम दाङका इन्चार्ज प्रदिप सीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेकपा पश्चिम दाङ जिल्ला सेक्रेटरी निर्मल सी , युवा संगठन नेपालका महासचिव तिलक सी , नेकपा पश्चिम दाङ जिल्ला कमिटी सदस्य मनोज सी , सहिद परिवार लक्ष्मण केसि , युवा संगठन नेपाल शान्तीनगरका अध्यक्ष बसन्त सी लगाएतको आतिथ्यता रहेको थियो ।

अभिनन्दन कार्यक्रममा सहिद परिवारको तर्फबाट मुरली मनोहर थापा , लक्ष्मण केसि , युवा संगठन नेपालका महासचिव तिलक सी , नेकपा पश्चिम दाङका सेक्रेटरी निर्मल सी , नेकपाका केन्द्रीय सदस्य एवम पश्चिम दाङका इन्चार्ज प्रदिप सीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

नेकपा पश्चिम दाङका जिल्ला सदस्य मनोज सीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण बिजय सीले गरेका थिए भने अध्यक्षता सहिद परिवार शुरेस सीको रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार