नेपाल पत्रकार महासंघले बनायो शुद्धीकरणका लागि १५ वटा मापदण्ड

डेली न्युजराप्ती       १७ बैशाख २०८० ०८:३४ मा प्रकाशित     84 No Comments

तुलसीपुर । नेपाल पत्रकार महासंघको सदस्य शुद्धीकरणका लागि १५ वटा मापदण्ड बनाइएको छ । महासंघले सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण गर्दा शुद्धीकरणका लागि १५ वटा मापदण्ड बनाएर कार्यान्वयन गर्ने भएको हो ।

महासंघका महासचिव रोशन पुरीको संयोजकत्वमा शुद्धीकरणका लागि मापदण्ड बनाउने समिति बनाइएको थियो । सो समितिले मापदण्ड तयार गरी जिल्ला र प्रदेश समितिलाई परिपत्र गरेको छ । महासचिव पुरीका अनुसार अब राजनीतिक दलमा आवद्धहरूको सदस्यता नवीकरण हुनेछैन । यस्तै पत्रकारिता छाडेकाहरूको पनि सदस्यता नवीकरण गरिने छैन भने कहिलेकाँही मात्र पत्रकारिता गर्नेहरूको पनि सदस्यता नवीकरण हुनेछैन ।

विदेश गएका, सरकारी वा गैरसरकारी क्षेत्रका कर्मचारीलगायतको पनि सदस्यता नवीकरण नगर्ने महासंघले मापदण्ड बनाएको हो । महासंघले मापदण्डअनुसार मात्र जिल्लाबाट प्रदेशमा सदस्यता नवीकरणका लागि सिफारिस गर्नुपर्ने बताएको छ । यस्तै नयाँ सदस्य वितरण गर्दा पनि मापदण्ड लागू गर्नुपर्ने बताइएको छ ।

सदस्यता शुद्धीकरणका लागि महासंघ केन्द्रले २५ वैशाखसम्म सबै साधार सदस्यको नाम वेबसाइटबाट सार्वजनिक गर्नेछ । यस्तै प्रदेश समिति र जिल्ला शाखाले पनि सदस्यको नामावली सार्वजनिक गर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार