अखिल(क्रान्तिकारी) इलामद्धारा अन्तरक्रिया सम्पन्न

डेली न्युजराप्ती       ३० असार २०७९ २१:३३ मा प्रकाशित     756 No Comments

ईलाम। नेपाल कम्युनिस्ट पार्टि निकट बिद्यार्थी संगठन अखिल(क्रान्तिकारी) इलामले नेपालको वर्तमान शैक्षिक अवस्था र देशव्यापी पाठ्यपुस्तक अभावको विषयमा सदरमुकाममा एक अन्तरक्रिया सम्पन्न गरेको छ । बिहिबार सम्पन्न उक्त कार्यक्रममा विभिन्न शिक्षक संगठन,बिद्यार्थी संगठन र स्थानीय अभिभावक र बिद्यार्थीको उपस्थिती रहेको थियो ।

अन्तरक्रिया कार्यक्रम अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा ईलाम ईन्चार्ज बिनोद मगरको अधक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा सहभागीहरुले शिक्षा क्षेत्रमा देखिएका बिकृतीले चिन्तित बनाएको बताएका थिए । उनिहरुले शैक्षिक सुधारको निम्ति शसक्त पहल लिनु पर्ने बताए । सहभागीले अखिल(क्रान्तिकारी)को भुमिका प्रशंसनिय रहेको भन्दै निरन्तर यसरी नै अगाडि बढे साथ दिने बताए ।

अन्तरक्रियाको समापनमा कार्यक्रमका अध्यक्ष बिनोदले भने– ‘हाम्रो संगठनले विध्यार्थीको हकहित र गुणस्तरीय शिक्षाको स्थापनाका लागि जस्तोसुकै पहलकदमी र संघर्ष गर्न सदैव तत्पर रहेको र संयुक्त विध्यार्थी आन्दोलनको नेतृत्व समेत गर्न तयार रहेको छ । उनले आफ्नो संगठन सडक बाघ भएकोले निरन्तर सडकबाट खबरदारी गर्ने, र शैक्षिक बिकृती नसच्च्याए शैक्षिक दलालहरुलाई चोकमा ल्याएर कार्बाही गर्ने उल्लेख गरे । उनले आफ्नो संगठनले उठाएको माग पूरा गर्न तर्फ जिम्मेवार पक्षले ध्यान नदिए संघर्षको आधिवेरी ल्याउने बताएका थिए।

कार्यक्रममा स्वागत मन्तव्य अखिल (क्रान्तिकारी)ईलामका बिद्यार्थी नेता दिनेश अधिकारिले राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार