काठमाडौ / नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव र नेकपा ( माओवादी समाजवादी)महासचिव कर्णजीत बुढाथोकी -शुसिल -वीच आज भेटवार्ता भएको छ।काठमाडौको बौद्ध स्थित महासचिव शुसिलको निवासमा आज साझ भेटवार्ता भएको हो।
देशको विद्यमान आर्थिक सामाजिक संकट, समसामयिक राजनीतिक परिस्थिति , दुई कम्युनिस्ट पार्टीहरु वीचको कार्यगत एकता र संयुक्त मोर्चाको बिषयमा दुइ नेताहरू वीच कुराकानी भएको नेकपा केन्द्रिय सदस्य अडिग सी ले जानकारी दिएका छन।
भेटघाटका क्रममा नेपालको कम्युनिस्ट आन्दोलनलाई धुर्विकृत गर्न र क्रान्तिकारी कम्युनिस्ट पार्टीहरु वीच सहकार्य र एकताका लागि पहल लिने समझदारी भएको बताइएको छ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.