माघ ११,दाङ ।
हेमन्तप्रकाश वली ।
दिवंगत बुवाको स्मृतिमा दाङको एक पालिकाका बेसाहारा परिवारलाई लत्ताकपडा र खाद्यान्न वितरण गरिएको छ ।
दाङको शान्तिनगर गाउपालिका -३ रातामाटामा बसोबास गर्ने बेसहारा चन्द्र बहादुर सुनारको दम्पतीलाई राहत वितरण गरिएको हो ।
शुक्रबार नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य जनक सीले आफ्ना दिवंगत हुनुभएका बुवा बल बहाहुर सीको स्मृतिमा लत्ताकपडा सहित चामल , दाल , नुन , तेल लगाएतका खाद्यान्न बेसहारा सुनार दम्पतीलाई वितरण गरेका हुन् ।
नेता जनक सीका आदरणीय बुवा बल बहादुर सीको माघ ७ गते उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा दुखद निधन भएको थियो ।
बल बहादुर सीको नेकपाले अवलम्बन गरिरहेको सी संस्कृति अनुसार आज शुक्रबार बेसहारालाई लत्ताकपडा सहित खाद्यान्न राहत वितरण गरिएको हो ।
सी संस्कृति अनुसार मृत्यु संस्कारलाई ५ दिनसम्म मनाउने नीति रहेको छ । जसमा पहिलो दिन पार्थिव शरीरको अन्त्येष्टि गर्ने , दोस्रो दिन मृतकको स्मृतीमा त्रीरोपण (फल,फुल र जडिबुटी) गर्ने , तेस्रो दिन मृतकको स्मृतिमा गरिब , असहाय , अशक्त , बेसहारालाई लत्ताकपडा , राहत वितरण गर्ने , चौथो दिन मृतकको स्मृतिमा अक्षयकोष स्थापना गर्ने र पाँचौ दिन अथवा अन्तिम दिन मृतकको स्मृतिमा श्रद्धाञ्जली एवम शोक सभाको आयोजना गर्ने नीति रहेको छ ।
खाद्यान्न वितरण कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य प्रदिप सी , निर्मल सी , विकाश सी , तिलक सी लगाएतको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य एवम शान्तिनगर गाउँकमिटीका सेक्रेटरी मनोज सीले गरेका थिए ।
बेसहारा चन्द्र बहादुर सुनारका एक छोरी र २ छोराहरु भएपनी अहिले १ जना छोरा मात्रै सम्पर्कका छन् जो मानसिक बिरामी हुन् ।
उनकी श्रीमती पनि बिरामी छन् । श्रीमती चनमती सुनार पनि प्यारेलाइसिस बाट ग्रस्त छिन् । उनको स्याहार सुसार चन्द्र बहादुर सुनार आँफैले गर्ने गर्दछन ।
सुनार दम्पतीको केही वर्षअघि सम्म आफ्नो बस्ने घर समेत थिएन् । उनिहरु सुत्न र खानाका लागि गाउँभरी धाउने गर्दथे ।
सुनार दम्पतीको बिजोगपुर्ण अवस्था देखेर विप्लव सी नेतृत्वको नेकपाले पार्टी प्रतिबन्धको समयमा सुनार दम्पतीका लागि २ कोठे आवास निर्माण गरिदिएको थियो।
आवास निर्माणका लागि सिंगै गाउँ-समुदायले सहयोग गरेको नेकपाका केन्द्रीय प्रतिनिधि सदस्य जनक सीले जानकारी दिए ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.