युवा संगठन नेपाल घोराही उपमहानगरपालिकाको सम्मेलन असोज १२ गते हुने

डेली न्युजराप्ती       ६ भाद्र २०८१ ०७:०४ मा प्रकाशित     235 No Comments

भदौ ५ , तुलसीपुर ।
विप्लव सी नेतृत्वको नेकपा निकट युवा संगठन नेपाल घोराही उपमहानगर समितिको सम्मेलन आगामी असोज १२ गते हुने भएको छ ।
मंगलबार घोराहीमा बसेको प्रथम पुर्ण बैठकले संगठनको सम्मेलन आगामी असोज १२ गर्ने निर्णय गरेको हो ।

यस्तै संगठनको प्रथम पुर्ण बैठकले जिल्लामा भ्रष्टाचार , कालोबजारी , गुण्डागर्दी , सामाजिक विभेद , विकृती , विसंगतीका विरुद्ध निर्मम ढंगले संघर्ष गर्ने निर्णय समेत गरेको छ ।

संगठनका संयोजक बिजय सीको अध्यक्षता एवम सहजीकरणमा बसेको बैठकमा पार्टीका केन्द्रीय सदस्य एवम दाङ निर्वाचन क्ष्व्त्र नं.२ इन्चार्ज पाटन सी , पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य एवम घोराही उपमहानगर कमिटीका इन्चार्ज विकाश सी , युवा संगठन नेपालका केन्द्रीय सदस्य एवम दाङका इन्चार्ज पदम सी , युवा संगठन नेपाल दाङ जिल्ला संयोजक शिशिर सी लगाएतको आतिथ्यता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार