नेकपासहित ४ कम्युनिस्ट पार्टीद्वारा संयुक्त संघर्षको उदघोष

डेली न्युजराप्ती       १० श्रावण २०७९ १८:५२ मा प्रकाशित     210 No Comments


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीसहित ४ कम्युनिस्ट पार्टीले संयुक्त संघर्षको उदघोष गरेका छन। ति पार्टीले मंगलबार प्रज्ञाभवन, कमलादीमा आयोजित पत्रकार सम्मेलनमार्फत संयुक्त संघर्षका कार्यक्रम सार्बजनिक गरेका हुन् । घोषित संघर्षका कार्यक्रम अन्तर्गत साउन १३ गते देशब्यापी कोणसभा, साउन १५ गते देशब्यापी मसाल जुलुस, साउन १८ गते काठमाण्डौंमा अन्तरकृया र साउन २१ गते प्रदेश सदरमुकाम र काठमाण्डौंमा बिरोध प्रदर्शन गर्ने रहेका छन ।

उक्त पत्रकार सम्मेलनमा वितरण गरिएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव , नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल ,वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपालका महासचिव आहुती , नेकपा(माओवादी समाजवादी ) का अध्यक्ष कर्णजित बुढाथोकी‘शुसिल’ द्वारा जारी संंयुक्त विज्ञप्तिमा भनिएको छ –नेपालका ४ कान्तिकारी कर्मयानष्ट पार्टीको ०७९ श्रावण ८ गते बसेको सयुक्त बैठकका निर्णयहरु सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनका लागि यो सयुक्त प्रेस बिज्ञप्ति जारी गरिएको छ ।
१) देश यतिबेला राष्ट्रिय स्वाधीनता, राजनैतिक, आर्थिक, जनजीविका र सार्माज्क सुरक्षालगायतका समस्याहरुको चरमोत्कर्स तिर छ । २१ औं शताब्दीको बहुध्रुबिय विश्वको विशेषताले १९९० को दशकपाछि अमेरिकी साम्राज्यवादले कायम गरेको विश्व प्रभुत्व कमजोर पार्दै गएको छ । गुम्दै आएको वर्चस्वलाई पुन स्थापित गर्न अमेरिकी साम्राज्यवाद नयाँ विश्व रणनीतिको विकास र प्रयोगमा तिवंताका साथ पहल गाररहेको छ । हिन्द प्रशान्त रणनीति (IPS) यसको मुख्य अग हो । IPS को सैन्य अर्थ राजनीतिक कार्यक्रम र परियोजनाको रुपमा MCCअगाडि वढाईरहेको छ ।
नेपालमा MCC लागु गर्ने शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले सदतबाट पारित गराउने दृष्टता गर्दा राष्ट्रिय रुपमा नेपाली जनताको कडा बहस, विवाद, विरोध र प्रतिरोधको सामना गर्न पर्यो । यसको बिचबाट MCC विसुद्ध आथिंक एव विकास परियोजना हो भन्नै धुर्त र नितान्त झुट कृतर्कंको साहारा लिएर दलालहरुले सदनबाट धागलीपूर्ण तरिकाले पारित गराए । त्यसको कोह समय वित्न नपाउदै सयुक्त राज्य अमेरिकासंग राज्य साझेदारी कार्यकम SPP को मुद्धा मुख्य वन्न पुगेको छ । नेपाली जनताको चर्को विरोधका कारण असार ६ गते देउवा सरकार SPP लागु नगर्ने र सो अनुसार अमेरिकी सरकारलाइ पत्राचार गर्ने निर्णय गर्ने वाध्य भयो । तर थप अध्ययन र परामर्शको नाममा सरकारले आहलेसम्म अमेरिकालाई पत्राचार गरेको छैन । यस कार्यले देउवा सरकारको नियत उदाङ्गिएको छ । घटनाक्रम र तत्थ्यहरुले यो प्रर्माणत गर्दछन कि IPS, MCC र SPP अमेरिकी साम्राज्यवादको हाम्रो राष्टियतामाथिको शृखलावड हस्तक्षेप हो । भने देउवा नेतृत्वको गठवन्धन सरकारको राष्ट्रघात एब आत्मसमर्पण हो । यसले झाँतहासका विवेशी हस्तक्षेप र राष्ट्रघातलाई माथ गरेको छ। यसका विरुद्ध निमर्म सघंघ गर्नुको विकत्प नेपाली जनताका सामु रहेको छैन ।
२) देशको विद्यमान राज्य व्यवस्था र अर्थ व्यवस्था असफल साबित हुदै गएको छ । खाद्य वस्तुलगायतका दैनिक उपभोग्य वस्तुमा भएको वेलगाम चर्को मुल्य वाले जनतामा आतक्र सृजना गरेको छ । महगीका कारण नेपाली जनताको जिवन जिउन सम्ने अवस्था छैन । यस विषयमा सरकारको सवेदर्नाशलता र जवाफदेयीता न्युनतम पनि छैन ।
३) केपी ओली सरकार र नेपाल कर्म्यानिस्ट पार्टीको वीच वार्ता भई ३ बुंदे सहर्मात भएको आज १८ महिना भयो । देउवा सरकार गठन भएको तेश्रो दिनमा सरकार र नेपाल कम्युनिस्ट पार्टीबिच वार्ता भएको थियो । ३ बुँदे सहमति लागु गर्ने सन्दर्भमा सरकारसँग पटक पटक वार्ता र सहमति भएपनि हालसम्म राजबन्दी रिहा गरिएका छैनन । पछिल्लो दिनमा त सरकार षड्यन्त्रमा लागेको आभास हुन थालेको छ । यसले ३ बुँदे सहर्मात भंग हुदैछ भन्ने सकेत गदैछ ।
४) देशमा विद्यमान राष्ट्रिय स्वाधीनता, राजनीतिक तथा आर्थिक क्षेत्रमा बढ्दै गएको संकट, नेपाली जनताको विकराल जनजीविका र ३ बुँदे सहमतिविरुद्धको षडयन्त्रलाई एकै ठाँउमा राखेर हेर्दा जनसंघर्षको बलबाहेक अन्य तरिकाले देश र नेपाली जनतालाई सरक्षण गर्न सांकने अवस्था देखिदैन । स्थिति र विषयको यस गम्भिर्यतालाई दृष्टिगत गरी विगतदेखि कार्यगत एकताको माध्यमबाट जनसंघर्षको नेतृत्व गरिरहेका हामी ४ कम्युनिस्ट पार्टीहरु कार्यगत एकतालाई रणनीतिक सयुक्त मोर्चाको स्तरमा विकाश गर्न प्रतिवद्ध भएको छौ । साथै विगतमा कायंगत एकता र सयुक्त मोर्चाको अभ्यासमा देखापरेको भडुवा चिन्तन र षड्यन्त्रमारी शैलीविरुद्ध सयुक्त सघर्ष गर्दै कान्तिकारी कम्युनिस्ट, वामपथी, देशभक्त र सच्चा लोकतन्त्रवादी शक्ति र समुहलाई राष्ट्रिय
स्वाधीनता र जनअधिकार रक्षाको सयुक्त जनसंघर्षमा सामेल हुन आपिल गर्दछौ ।

संयुक्त संघर्षका कार्यक्रम :
१) साउन १० गते सयुक्त पत्रकार सम्मेलन
२। साउन १३ गते देशव्यापी कोणसभा
३) साउन १५ गते देशव्यापी मशाल जुलुस
४) साउन १८ गते काठमाण्डौमा अर्न्तरक्रिया
५) साउन २१ गते पदेश सदरमुकाम र काठमाण्डौमा विरोध प्रदर्शन ।
यसपछि उच्च स्तरको दोश्रो चरणको जनसघर्षका कार्यक्रमहरु घोषणा गरिने छ।’

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार