सरकारले फेरि बढायो पेट्रोलियम पदार्थको मुल्य,पेट्रोल १९९ र डिजेल मट्टीतेल प्रतिलिटर १९२

डेली न्युजराप्ती       ६ असार २०७९ ०७:०७ मा प्रकाशित     260 No Comments


काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगम सञ्चालक समितिको आइतबार बसेको बैठकले पेट्रोलमा प्रतिलिटर २१ र डिजेल/मट्टितेलमा २७ रुपैयाँ बढाएको हो ।

मूल्यवृद्धिसंगै अब प्रतिलिटर पेट्रोल १९९ र डिजेल मट्टितेल १९२ तिर्नुपर्नेछ । खाना पकाउने एलपी ग्यासको भाउ भने यथावत रहेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नयाँ मूल्य आइतबार राति १२ बजेदेखि नै लागू भएको छ ।

यस्तो छ निगमले जारी गरेको मुल्यसुची सहितको बिज्ञप्ति:

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार