‘कलादेवी पाण्डेको निधनले सिंगो पार्टीपंक्ति स्तब्ध एवम मर्माहत’

डेली न्युजराप्ती       १९ असार २०८२ ०८:५० मा प्रकाशित     541 No Comments

हेमन्तप्रकाश वली ।
असार १८,तुलसीपुर ।
नेपाल कम्युनिस्ट पार्टी दाङले कलादेवी पाण्डेको निधनले सिंगो पार्टीपंक्ती स्तब्ध एवम मर्माहत भएको जनाएको छ ।
मंगलबार नेकपाका जिल्ला सेक्रेटरी तिलक सीले एक श्रद्धाञ्जली वक्तव्य जारी गर्दै पार्टीका जिल्ला सल्लाहकार समितिका सदस्य नवराज पाण्डेका ममतामयी आमा कलादेवी पाण्डेको निधनले पार्टीपंक्ती स्तब्ध एवम मर्माहत भएको बताएका हुन् ।

सेक्रेटरी तिलक सीद्वारा जारी श्रद्धाञ्जली वक्तव्यमा दिवंगत आदरणीय आमाप्रती भावपुर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ भने पिडाको शोकमा रहनुभएका शोकसन्तप्त परिवारजन , आफन्तजन तथा इस्टमित्रहरुमा गहिरो समवेदना व्यक्त गरिएको छ ।

२००० सालमा जन्मिनु भएकी आमा कलादेवी पाण्डेको लामोसमयदेखि क्यान्सर जस्तो प्राणघातक रोगसंग लड्दालड्दै यहीँ असार १५ गते ८२ वर्षको उमेरमा दुखद निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार