नेकपा एमाले पनि समाजवादी मोर्चामा आउनुपर्छ:नेकपाका प्रवक्ता प्रकाण्ड

डेली न्युजराप्ती       २३ असार २०८० २१:५७ मा प्रकाशित     140 No Comments

काठमाडौ / नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रबक्ता प्रकाण्डले नेकपा एमाले पनि समाजवादी मोर्चामा आउनुपर्ने मोर्चाको धारणा रहेको बताएका छन।नेकपासहित चार पार्टी सम्मीलित मोर्चाको शनिबार सम्पन्न प्रथम बैठकपछि सञ्चारकर्मीहरुसङ्ग बैठकका निर्णयबारे जानकारी दिदै प्रवक्ता प्रकाण्डले यस्तो धारणा राखेका हुन।

“देश अफ्ठ्यारोमा छ, रास्ट्रीयता थ्रेटमा छ, बिगतका आन्दोलन , जनयुद्ध र क्रान्तिका उपलब्धि थ्रेटमा छन, देशमा विद्यमान संकट अझ बढी जटिल हुँदैछ, यी समस्या समाधान गर्न समाजवादी मोर्चा बनाएका हौं ” प्रबक्ता प्रकाण्डले प्रतिक्रिया दिदै भने-“त्यसैले, नेकपा एमाले पनि समाजवादी मोर्चामा आउनुपर्छ , हामी ल्याउछौ।”

नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा भएको मोर्चाको बैठकपछि पत्रकारहरुसङ्ग धारणा राख्ने क्रममा प्रवक्ता प्रकाण्डले -बैठकमा मोर्चा निर्माण पछिको समिक्षा भएको, रास्ट्रीय स्वाधीनता र जनताको अधिकार नचाहने तत्वहरु आत्तिएको, इमानदार नेताकार्यकर्ता , आम जनता र देशभक्त शक्तिमा थप आशा र उत्साह थपिएको निष्कर्ष निकालिएको समेत बताए।

मोर्चाको आचारसंहिता र कार्यबिधी बनाउन र सबै प्रदेशमा गरिने साझा कार्यक्रम एवम मोर्चाको संरचनाबारे गृहकार्य गर्न चार सदस्यीय कार्यदल गठन गरिएको छ भने मोर्चाको अर्को बैठक आगामी २७ गते बस्ने तय भएको छ।

नेकपा स्थायी समिति सदस्य प्रकाण्ड, समाजवादी पार्टीका उपाध्यक्ष प्रमेश हमाल, नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ, र जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठ कार्यदलका सदस्य रहेका छन् ।

यस्तै बैठकमा हरेक ६ महिनामा मोर्चाको अध्यक्ष एकजनाले गर्ने विषयमा पनि छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार