क्याम्पसहरु मर्ज हुन चाहेमा निवेदन दिनुस : त्रिभुवन विश्वविद्यालय

डेली न्युजराप्ती       ३० जेष्ठ २०८० १८:३० मा प्रकाशित     134 No Comments

काठमाडाैँ । त्रिभुवन विश्वविद्यालयले एक आपसमा मर्ज हुन चाहने क्याम्पसका लागि समय सीमा तोकेर निवेदन आव्हान गरेको छ । त्रिविले सूचना निकालेर त्रिविबाट सम्बन्धन प्राप्त गरेका दुई वा दुईभन्दा बढी क्याम्पसहरु मर्ज हुन चाहेमा योजना निर्देशनालयमा निवेदन दिन सक्ने जनाएको हो । मर्ज हुन चाहने क्याम्पसहरुले आफ्नो क्याम्पस सभा वा सञ्चालक समितिबाट समायोजन हुने निर्णय गराएर निर्देशनालयमा निवेदन दिन सक्नेछन् । जारी सूचना अनुसार यसरी मर्ज हुन चाहेका क्याम्पसहरूले योजना निर्देशनालयमा बेग्लाबेग्लै निवेदन, सम्बन्धन र नवीकरण पत्रहरू, अक्षयकोषको रसिद र मर्ज गर्नुपर्ने औचित्य तथा समाहित हुने क्याम्पस खारेज गर्ने समितिको निर्णयका साथ निवेदन पेस गर्नु पर्नेछ । त्रिविका कतिपय सम्बन्धन प्राप्त र आंगिक क्याम्पसहरु न्युन विद्यार्थी र सन्चालन खर्चको अभावमा संकटमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार