काठमाडौँ: आधारभूत जनपत्रकारिता तालिम मोरङमा सुरु भएको छ । जनपत्रकार संगठन नेपालकाे आयाेजनामा पाँच दिनसम्म चल्ने तालिम मोरङको सुन्दरहरैचामा सुरू भएको हो ।
‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा हाम्रो ऐक्यवद्वता, मानवअधिकारको रक्षा र वैज्ञानिक समाजवादका लागि जनपत्रकारीता’ भन्ने मुल नाराका साथ शनिबारदेखि सुरू भएको हो । संगठनका केन्द्रीय संयोजक शेरबहादुर विश्वकर्माले तालिमको व्यानर पढेर तालिमको उद्घाटन गरेका थिए ।
तालिममा प्रदेश नं. १ र प्रदेश नं. २ का जनपत्रकार संगठन नेपलमा आवद्व पत्रकाहरूको सहभागी रहेको जनपत्रकार केन्द्रीय सदस्य तथा प्रदेश १ संयोजक आलोक लिम्बुले बताए ।
तालिमको उद्घाटन गर्दै संयोजक विश्वकर्माले समय सापेक्ष र सर्वाहारा वर्गको हकहित र अधिकारको रक्षार्थ सशक्त रूपमा पत्रकारितामा लाग्न सुझाव दिए ।
कार्यक्रममा नेकपा मोरङ जिल्ला सेक्रेटरी नरेश र पाँचथरका सेक्रेटरी सन्तोषले तालिमको सफलताको शुभकामना दिएका थिए ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.