तुलसीपुर उधोग वाणिज्य संघको निर्वाचन हुँदै

डेली न्युजराप्ती       १८ बैशाख २०८१ १४:०४ मा प्रकाशित     74 No Comments

तुलसीपुर, १८ वैशाख । तुलसीपुर उद्योग वाणिज्य संघको  यही वैशाख २९ गते हुने निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ । वैशाख २९ गते हुने निर्वाचनको लागि वैशाख २४ गते बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ । उम्मेदवारको नामावली प्रकाशन २४ गते नै अपरान्ह साढे ४ बजे गरिने भएको छ । त्यसैगरी उम्मेदवार उपर दावी विरोध वैशाख २५ गते अपरान्ह १ बजेसम्मको समय तोकिएको छ । निर्वाचन समितिका संयोजक प्रविण लम्सालले प्रकाशन गरेको सूचना अनुसार उम्मेदवारको संशोधित नामावली प्रकाशन २५ गते अपरान्ह ३ बजे, उम्मेदवारले नामावली फिर्ता लिने समय २६ गते बेलुका ५ बजेसम्मको समय तोकिएको छ । निर्वाचनको दिन वैशाख २९ गते बिहान ८ बजेदेखि अपरान्ह ५ बजेभित्र मतदाताहरु मतदान स्थलमा प्रवेश गरिसक्नु पर्ने निर्वाचन समितिले जनाएको छ । मतदानमा सहभागी हुने मतदाताले अनिवार्य संघबाट पदान गरेको परिचय पत्र ल्याउनु पर्ने ति बाहेक नागरिकता, राष्ट्रिय परिचय पत्र लगायत पहिचान खुलेको परिचय पत्र बाट समेत मतदान गर्न सकिने जनाएको छ । मतदान कार्यक्रम सकिए लगत्तै मत गणना गरिने निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार