बल बहादुर सीको निधनले पार्टी र क्रान्तिलाई गम्भीर क्षती पुगेको छ :प्रदेश इन्चार्ज विषम

डेली न्युजराप्ती       ८ माघ २०८१ १२:०० मा प्रकाशित     216 No Comments

माघ ८,दाङ।
हेमन्तप्रकाश वली ।

नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिती सदस्य एवम लुम्बिनी प्रदेश इन्चार्ज विषम सीले पार्टी सदस्य बल बहादुर सीको निधनले पार्टी र क्रान्तिलाई गम्भीर क्षती पुगेको बताएका छन् ।
नेकपाका युवा नेता , पुर्व दाङ जिल्ला सेक्रेटरी एवम पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य जनक सीका बुवा बल बहादुर सीको ७४ वर्षको उमेरमा माघ ७ गते उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा दुखद निधन भएको थियो ।

‘उहाँको निधनले हामी र सिंगो पार्टी पंक्तिलाई मर्माहत बनाएको छ । उहाँ लामोसमयदेखि दम रोगबाट पिडित हुनुहुन्थ्यो । उहाँको निधनले पार्टी र क्रान्तिलाई गम्भीर क्षती पुग्न गएको छ । हामी दिवंगत कमरेड बल बहादुर सीप्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै उहाँका शोकाकुल परिवार र आफन्तजनप्रती गहिरो समवेदना प्रकट गर्दछौं ,’ प्रदेश इन्चार्ज विषम सीद्वारा जारी श्रद्धाञ्जली वक्तव्यमा भनिएको छ ।

दिवंगत बल बहादुर सीको हिजो नै शान्तीनगर-३ भलानेटी स्थित बस्तीखोला घाटमा अन्त्येष्टि गरिएको थियो ।
पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सीले उहाँको पार्थिव शरिरमा कम्युनिस्ट पार्टीको झण्डा ओडाएर अन्तिम श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।

अन्त्येष्टिमा पार्टीका नेताकार्यकर्ता , घरपरिवार , इस्टमित्र , आफन्तजन एवम स्थानीय जनसमुदायको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार