स्थानीय निर्वाचनमा वैज्ञानिक समाजवादी व्यवस्थाका लागि जनमत तयार गर्न सफल भयौँ : भृकुटी

डेली न्युजराप्ती       ७ जेष्ठ २०७९ १३:४० मा प्रकाशित     288 No Comments

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य तथा रास्कोट नगरपालिका प्रमुखकी उम्मेदवार धिरिन्दा उपाध्याय (भृकुटी) ले स्थानीय तहको निर्वाचन प्रयोगको नीतिले पुरानो संसदीय दलाल पुँजीवादी व्यवस्थाको भन्डाफोर गर्न सफल भएको बताएकी छन् ।

नगरपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भए लगत्तै प्रेस विज्ञप्ति जारी गर्दै भृकुटीले यो निर्वाचनले पुरानो संसदीय दलाल पुँजीवादी व्यवस्थाको भन्डाफोर गर्दै नयाँ वैज्ञानिक समाजवादी व्यवस्था निर्माणका लागि जनमत तयार गर्न सफल भएको बताएकी हुन् ।

‘बिधमान संसदीय व्यवस्थामा जनताका असल प्रतिनिधिहरूले सहभागिता जनाउन त सक्छन् तर अपवाद बाहेक प्रायः पुँजी हाम्रो देशको सन्दर्भमा दलाल पुँजी–का असल प्रतिनिधिहरू जो यति बेला एमसीसीको नयाँ सन्दर्भ सहित आए – मात्र सफल हुन सक्छन् भन्ने सच्याई फेरि पनि पुनः पुष्टि भएको छ ।’ भृकुटीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पैसा र रक्सीको खोला बगाएर गरिने र जितिने चुनावले सिङ्गो समाजलाई गलत दिशातिर धकेल्ने र भ्रष्टाचारका लागि नयाँ आधार मात्र दिनेछ भन्ने सत्य पनि स्पष्ट नै छ । त्यसैले पुरानो संसदीय दलाल पुँजीवादी व्यवस्थाको भन्डाफोर गर्ने र नयाँ वैज्ञानिक समाजवादी व्यवस्थाका लागि जनमत तयार गर्ने संघषको एक मोर्चाको रूपमा स्थानीय चुनाव प्रयोगको कार्यनीति जनतासँग जोडिएर प्रभावकारी ढंगले अगाडि बढेको छ ।’

छोटो समयको तयारीमा पनि रास्कोट वासी जनसमुदाय, आमा, बुबा, दाजुभाइ तथा दिदीबहिनीहरूले सम्पूर्ण स्वतन्त्र उम्मेदवारहरूलाई निस्वार्थ मतदान गरेको भन्दै उनले हार्दिक आभार सहित धन्यवाद ज्ञापन गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार