महत्वाकांक्षी योजना बाडेर सपनाको व्यापार गर्दिन,अवस्था बदल्न आएको छु: खेम वली

डेली न्युजराप्ती       २१ बैशाख २०७९ १४:२१ मा प्रकाशित     562 No Comments


देश यतिबेला स्थानीय निर्वाचनमा होमिएको छ। बैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय निर्वाचनमा मतदानको अपिल सहित सबै दलहरु घरदैलो कार्यक्रममा व्यस्त रहेका छन। यहि सन्दर्भमा दाङमा पनि विभिन्न दलहरु स्थानीय निर्वाचनमा आफ्नो पक्षमा मतदान गर्न आम मतदाताको घरघरमा पुग्ने गरेका छन। यहि बिचमा दाङका विभिन्न स्थानीय तहमा स्वतन्त्र जनपक्षीय उम्मेदवारहरुको प्यानल समेत स्वतन्त्र रुपमा निर्वाचनमा होमिएको छ।
आज हामिले तुलसीपुर उपमहानगरपालिकामा स्वतन्त्र उप-मेयर पदका उम्मेदवार सबल,सक्षम,जुझारु नेतृत्व एवम तुलसीपुर खानेपानी तथा सरसफाइ संस्थाका पुर्व अध्यक्ष समेत रहेका खेमराज वलीसंग निर्वाचन विशेष कुराकानी गरेका छौं।

स्वागत छ तपाइँलाई न्युजराप्ती अनलाइनमा?

  • धन्यवाद।

स्थानीय निर्वाचनमा तपाइको उम्मेदवारी किन?

  • राम्रो प्रश्न गर्नुभयो। स्थानीय निर्वाचनमा मैले तुलसीपुर उपमहानगरपालिकामा स्वतन्त्र उप-मेयर पदमा उम्मेदवारी दिएको छु। तपाइँलाई थाहा छ प्रत्येक पटक चुनावको बेला ठुला महत्वाकांक्षी योजना बाडेर थुप्रै दलका नेताहरुले चुनाव जिते तर जितिसकेपछी जनतामा फर्किएको अवस्था रहेन। बरु जनप्रतिनिधिहरु भ्रष्टाचार,व्यथिती,चर्को महंगि लगाएत जनतामा दोहोरो कर थुपारेर आफू मालिक बने तर जनतालाइ रैती बनाए। म यहि अवस्था बदल्न आएको छु।
    मेरो उम्मेदवारी तुलसीपुर उपमहानगरपालिकालाई भ्रष्टाचार मुक्त सुशासन युक्त नगर बनाउन हो।

तपाइँका चुनावी प्रतिबद्धताहरु के-के छन?

  • मैले चुनाव जित्न कुनै ठुला महत्वाकांक्षी योजना ल्याएर आएको छैन। म जति गर्न सक्छु त्यति भन्ने मान्छे हु। अहिले हेर्नुस देश गम्भीर संकटमा छ। देशमा राष्ट्रघाती एमसिसी लगाएत विभिन्न राष्ट्रघात,जनघातका शृङ्खलाहरु बढिरहेका छन। केही पैसाको लोभमा यो देशका शासकहरुले देश नै बेच्न पछि परेका छैनन्।
    यो अवस्थामा हामी देशैभरिबाट देशभक्त,राष्ट्रबादी,स्वतन्त्र जनपक्षीय उम्मेदवारहरु स्थानीय निर्वाचनमा होमिएका छौँ।
    तुलसीपुरको कुरा गर्नुहुन्छ भने तुलसीपुर उपमहानगरपालिकामा भएको व्याप्त भ्रष्टाचार र उचित आर्थिक व्यवस्थापन गर्न असफल हुदा उपमहानगरपालिका ऋणमा डुबेको लगाएतका विषयहरु तपाइँहरुलाइ थाहा नहुने कुरै भएन। त्यसैले मेरो उम्मेदवारी भ्रष्टाचार,व्यथिती र बढ्दो महंगी नियन्त्रण गर्दै जनतालाइ शुसासनको अनुभुती गराउन हो। पारदर्शी जनसहभागितामुलक,दीर्घकालीन विकास निर्माण गर्न,जनताका दैनिक उपभोग्य बस्तुहरुमा अनावश्यक रुपमा थोपरिएको दोहोरो कर अन्त्य गर्न,माध्यमिक तहसम्म रोजगारमुलक,व्यवहारिक,निशुल्क तथा समान शिक्षाको ग्यारेन्टी गर्न,किसानहरुलाइ उन्नत बीउ,मल,तथा व्यावसायिक कृषि र कृषि उत्पादनमा वृद्धि गर्नका लागि सिचाइको प्रवन्ध मिलाउने,आधुनिक कृषि औजार तथा प्रविधिहरुको प्रयोगलाइ सर्वसुलभ गराउन सहयोग गर्ने,मजदुरहरुको अधिकार सुनिश्चित गर्न,सहज स्वास्थ्य उपचारको व्यवस्था मिलाउन,सुकुम्बासीको समस्या समाधान गर्नका लागि मेरो उम्मेदवारी हो।

चुनाव जितेपछी यी प्रतिबद्धताहरु पूरा गर्नुहुन्छ?

  • मैले कहिलैपनी पूरा गर्न नसक्ने सपना बाड्दिन। मैले तुलसीपुर खानेपानी संस्थामा झण्डै ४ कार्यकाल(१४ वर्ष) लामो समयसम्म नेतृत्व गरे। मैले तहसनहसको अवस्थामा पुगेको खानेपानी संस्थालाइ नेपालको उत्कृष्ट खानेपानी संस्था बनाएको हु। मलाइ तुलसीपुरका जनताले राम्रोसंग चिनेका छन। तुलसीपुरको विकासका लागि प्रतिबद्ध मान्छे म नै हु भन्ने आम मतदाताले बुझेको कुरा हो।जहासम्म प्रतिबद्धताका कुरा गर्नुहुन्छ म ढुक्क संग भन्न सक्छु मतदान गर्नुस १ वर्षमा काम गरेर देखाउछु।

तपाइँले केही दिनअघि चुनाव जितेपछी तलब,भत्ता सेवा सुबिधा लगाएत सवारी साधन समेत प्रयोग नगर्ने घोषणा गर्नुभएको थियो। के यो साच्चिकै हो?
-हो म गर्छु। चुनाव जितेपछि मैले प्राप्त गर्ने तलब,भत्ता अन्य विभिन्न सेवा सुबिधाहरु यातायातका साधनहरु केही लिन्न। म जनताको सेवक हु शासक होइन। मैले आफुले पाउने तलब भत्तालाई गरिब,असहाय,अपांग परिवारलाइ सहयोग गर्ने सोच बनाएको छु।

आफ्नो पक्षमा भोट माग्न मतदाताको घरदैलोमा पुगिरहदा जनताको प्रतिक्रिया के छ?

  • म जहाजहा पुगेको छु हामिप्रती अथवा स्वतन्त्र जनपक्षीय उम्मेदवारप्रती जनताको उत्साह छ भने अन्य दल गठबन्धन भन्नुस वा नेकपा एमाले वा अरु सबै दलप्रती जनता आक्रोशित छन। पटकपटक मतदान गरेको तर कुनैपनि दलले जनता र राष्ट्रप्रती उत्तरदायी नभएको आम मतदाताको धारणा रहेको छ। एसपटकको निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुको प्यानलले अत्याधिक मत सहित बिजयी हुनेछ।

अन्त्यमा केही भन्न चाहानुहुन्छ?

  • सर्वप्रथम तपाइको मिडियालाइ धन्यवाद दिन चाहान्छु। म आम मतदातालाइ यहि बैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनमा स्वतन्त्र उप-मेयर पदमा मलाइ मतदान गरि अत्याधिक मतले बिजयी बनाउन हार्दिक अपिल गर्दछु। यो निर्वाचनमा मैले कुनै महत्वाकांक्षी योजना बाडेर सपनाको व्यापार गर्न आएको छैन बरु म त तपाइँहरुको अवस्था बदल्न आएको छु। म तुलसीपुरलाई नमुना उपमहानगरको रुपमा चिनाउने छु।
प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार