दाङ, १२ असोज । दाङको तुलसीपुरमा मृत अवस्थामा एक जनाको शव फेला परेको छ । तुलसीपर ५ विरेन्द्र चोक नजिकै घर भएका ५६ वर्षीय सेर बहादुर गुरुङ आज बिहान छिमेकीको घरमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवम् डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभएको छ । डिएसपी मल्लका अनुसार उहाँको मानसिक अवस्था ठिक नभएको बुझिएको छ । अहिले मृतकको शवलाई राप्ती प्रादेशीक तुलसीपुरको शव गृहमा राखिएको छ । शवको पोष्टमार्टम पछी मात्रै घटनाको बारेमा थाहा हुने डिएसपी मल्लले बताउनु भएको छ ।
सबै किसिमका विकृतिका विरुद्ध,राष्ट्रिय स्वाधीनता,अग्रगामी परिवर्तन,सामाजिक जागरण र रुपान्तरणका पक्षमा जनचेतनाको संवाहक साथै समृद्ध समाजको संवाहक(डेली न्यूजराप्ती अनलाइन डिजिटल पत्रीका)को माध्यमबाट हामी निरन्तर डटिरहेका छौं।
©Copyright©2021-2025 शहिद महान स्मृति संचार गृह प्रा.ली.