महानिरीक्षक खनाललाई नेता सुमनसिंहको चेतावनी ‘मुटु चर्किनेगरी नेपाली जनताले लड्छन’

डेली न्युजराप्ती       ७ आश्विन २०७९ १६:०७ मा प्रकाशित     398 No Comments


असोज ७,दाङ। नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सुमनसिंहले सामाजिक संजाल फेसबुक मार्फत एकीकृत जनक्रान्तीमा सहिदहरुले बगाएको रगतको एक एक थोपा एउटा समयमा ज्वालामुखी भएर पड्कने चेतावनी दिएका छन।
नेता सुमनसिंहले नेपाल प्रहरीका पुर्व प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले एमाले प्रबेश गरेको विषयमा टिप्पणी गर्दै सामाजिक संजाल फेसबुक मार्फत आक्रोश व्यक्त गरेका हुन। उनले लेखेका छन– ‘तिर्थ घिमिरे, कुमार पौडेल, निरकुमार राईको हत्या र उहाहरुले बगाएको रगतको एक एक बुंद एउटा समयमा ज्वालामुखी भएर पड्कने छ।’

नेता सुमनसिंहले थप अर्को स्टाटसमा लेखेका छन– ‘एकपटक धर्ती आकाश फाट्ने गरि, सर्वेन्द्र जस्ताको मुटु चर्किनेगरि नेपाली जनताले लड्छन । त्यतिबेला नि सर्वेन्द्र जि…… धेरै कुराहरु छन…. नेपाली जनताले एठन पर्नेगरी धैर्यता गरिरहेका छन।’

सरकारले नेकपामाथी लगाएको प्रतिबन्धको बेला नेकपाका नेता एवम सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्या गरिएको थियो। सोही हत्याको अपराधबाट बच्न पुर्व प्रहरी महानिरीक्षक खनाल नेकपा एमाले प्रवेश गरेको नेकपा निकटका नेताहरु बताउछन।
नेकपाका नेता सुमनसिंहले सामाजिक संजाल मार्फत पोखेको आक्रोशले पनि सोही कुराको पुष्ठि गरेको बिश्लेसकहरु बताउँछन् । दोहोरो भिडन्तको नाममा नियन्त्रणमा लिएर कुमार पौडेलको हत्या गरिएको नेकपाले बिगतदेखी नै बताउदै आएको छ।

नेता सुमनसिंहले सामाजिक संजाल फेसबुकमा लेखेको स्टाटस यस्तो छ:

कहाँ-कहाँ विवादित बने खनाल:
नेकपा एमालेकै लागि सासंद अपहरणको आरोप लागेका पुर्व प्रहरी महानिरीक्षक सर्बेन्द्र खनाललाइ बिहीवार एक कार्यक्रमका बिच प्रधानमन्त्री केपि शर्मा वलीले पार्टी प्रबेश गराए।
पार्टी भित्रबाट ओलि नेतृत्वको तत्कालीन सरकार संकटमा पर्दा समाजवादी पार्टी फुटाउन खनाल सहित तत्कालीन नेकपाका नेताहरू महेश बस्नेत र किसान श्रेष्ठले डा.सुरेन्द्र यादवलाइ जनकपुरबाट काठमाडौं ल्याएका थिए। त्यसबेला यादब केही समय सम्पर्कविहिन हुनुभयो। अपहरणको चर्चा चल्यो।अपहरणको उजुरी दिन तत्कालीन समाजवादीका नेता उपेन्द्र यादव,बाबुराम भट्टराई,राजेन्द्र महतो प्रहरी कार्यालय नै पुगेका थिए। त्यतिमात्रै होइन खनाल प्रहरी महानिरिक्षक हुँदा आर्थिक अनियमितादेखि विभिन्न विवादमा तानिएका थिए।
सांसद डा.सुरेन्द्र यादवको अपहरणमा संलग्न,गुण्डा नाइके कुमार घैटेको फेक इन्काउन्टर,विप्लव नेतृत्वको नेकपाका नेता एवम सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्या,प्रहरी महानिरिक्षक हुदा अख्तियारमा २ अर्व भन्दा बढिको खरिदमा प्रक्रियामा अनियमितताको उजुरी,प्रहरी महानिरीक्षक हुँदा आफ्नो सचिवालयमा दरबन्दी भन्दा बढी कर्मचारी, सरकारको जानकारीविना विम्स्टेक सुरक्षा प्रमुखको बैठकमा भारतको पुलवामा पाकिस्तानको हमला भएको भारतीय प्रस्तावमा समर्थन जस्ता अन्य थुप्रै बिसयमा समेत खनाल बिबादित भएका थिए।

प्रतिक्रिया दिनुहोस्

सम्वन्धित समाचार